Comments Add Comment

प्रदेश २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

१० साउन, वीरगञ्ज  । आर्थिक वर्ष ०७४/७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ ।

सरकारले सिर्सियालाई आव ०७४/७५ मा २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठेको छ ।

आव ०७३/७४ मा कार्यालयलाई २१ अर्ब चार करोड आठ लाख ८० हजार राजश्व उठाउने लक्ष्य दिएकामा २१ अर्ब ५८ करोड ८५ लाख राजश्व संकलन गरेको थियो ।

सुख्खा बन्दरगाह कार्यालयका भन्सार अधिकृत धनबहादुर बडुवालका अनुसार आव ०७४/७५ मा सो कार्यालयले भन्सार महसुलतर्फ ११ अर्ब ६४ करोड ३० लाख ५३ हजार, मूल्य अभिवृद्धि करतर्फ १४ अर्ब दुई करोड ६० लाख ३८ हजार तथा अन्तःशुल्कतर्फ एक अर्ब ६६ करोड ६१ लाख राजश्व संकलन गरेको थियो ।

विसं २०६४ मा स्थापना भएको सिर्सिया सुख्खा बन्दरगाहलाई चालू आवमा ३६ अर्ब २४ करोड ३२ लाख ६ हजार राजश्व उठाउने लक्ष्य दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment