Comments Add Comment

प्रधानमन्त्री पद सम्हाल्ने संघारमा क्रिकेट कप्तान इमरान


इमरान खानको नाम सुन्नेबित्तिकै विश्वभरका क्रिकेटप्रेमीको मष्तिस्कमा त्यो अनुहार आउँछ, जसले पाकिस्तानलाई १९९२ को विश्वकप जिताए ।

करीब दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खानले सन्यास लिए र फेरि राजनीतिमा कदम राखे ।

२२ वर्ष पहिले पाकिस्तानको राजनीतिमा पनि पाइला टेकेका यी सफल क्रिकेटरलाई सुरुमा राजनेताको रुपमा त्यति समर्थन मिलेन । तर आज, उनी पाकिस्तानमा सत्ताको कमाण्ड सम्हाल्ने ऐतिहासिक मोडमा खडा भएका छन् ।

राजनीतिक पारीको सुरुवातामा जुन इमरान खानलाई पाकिस्तानी मिडिया र आम सर्वसाधारणले खासै महत्व दिएका थिएनन्, आज उनैलाई २० करोड जनसङ्ख्या भएको देशको महिला र युवाको एक ठूलो वर्गले समर्थन गरिरहेको छ ।

यसको पछाडिको मुख्य कारण आम रुपमा राजनीतिक र सार्वजनिक जीवनमा विवादहरु भन्दा टाढा रहनुलाई मानिएको छ ।

तर, २०१८ को चुनाव प्रचार प्रसारको क्रममा उनीमाथि अमर्यादित भाषा प्रयोग गरेको आरोप लागेको थियो र निर्वाचन आयोगले उनलाई यस्तो नगर्न निर्देशनसमेत दियो ।

क्रिकेटबाट राजनीतितर्फको यात्रा

आज इमरान खानको पहिचान क्रिकेटर भन्दा एक नेताको रुपमा रहेको छ । यो उनको राजनीतिक सक्रियताकै कारणले हो । हुन त कहिलेकाहीँ उनी क्रिकेट कमेन्टेटरमा रुपमा पनि देखिन्छन् ।

क्रिकेटबाट सन्यासपछि र राजनीतिमा जम्नु पहिले इमरान खानले विश्वभरबाट चन्दा उठाएर सन् २००८ मा आफ्नो आमा शौकत खानको नाममा एक क्यान्सर अस्पताल बनाएका थिए ।

सन् १९९६ मा आफ्नो पार्टी तहरिक-ए-इन्साफको गठनपछि इमरान पाकिस्तानको संसदको लागि निर्वाचित आफ्नो पार्टीको एकमात्र सदस्य रहे । सन् २००२ देखि २००७ सम्म उनले राष्ट्रिय सभामा मियांवाली निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरे ।

राजनीतिको सुरुवाती समयमा उनलाई गम्भीरतापूर्वक लिइन्थेन र उनीसँग जोडिएका अधिकांश समाचारहरुले ठूला मिडियामा एक कोलमको स्थान पाउन पनि मुश्किल थियो ।

राजनीतिको सुरुवाती समयमा उनलाई गम्भीरतापूर्वक लिइन्थेन र उनीसँग जोडिएका अधिकांश समाचारहरुले ठूला मिडियामा एक कोलमको स्थान पाउन पनि मुश्किल थियो ।

सन् १९९६ मा पाकिस्तानको राजनीतिमा उत्रिएर उनले तहरिक-ए-इन्साफ पार्टीको स्थापना गरे । तर, एक वर्षपछि भएको आम निर्वाचनमा उनको पार्टीले कुनै पनि सिट जित्न सकेन ।

इमरान खानले सन् १९९९ मा जनरल परवेज मुसर्रफको सैन्य कूको समर्थन गरे तर २००२ को आम निर्वाचन पहिले नै मुसर्रफको आलोचना गरे ।

सन् २००२ मा इमरानको पार्टीले केवल ०.८ प्रतिशत भोट प्राप्त गर्यो भने २७२ मध्ये जम्मा १ सिट मात्रै जित्न सफल भयो । त्यतिखेर इमरान खान आफैं मियांवली निर्वाचन क्षेत्रको एनए-७१ बाट विजयी भएका थिए ।

सांसदका रुपमा इमरान खान कश्मिर र लोकलेखाको स्थायी समितिको सदस्य रहे ।

राष्ट्रपति मुसर्रफलाई अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने बताएपछि उनी चर्चामा रहे । सरकारको विरोध गरेपछि इमरान खानलाई आफ्नै घरमा नजरबन्द गरियो ।

नजरबन्द र जेलयात्रा

३ नोभेम्बर २००७ मा राष्ट्रपति मुसर्रफले पाकिस्तानमा संकटकाल घोषणा गरे । यस घटनालाई लिएर इमरानले मुसर्रफलाई मृत्युदण्ड दिनुपर्ने प्रतिक्रिया दिए । इमरानलाई देशद्रोही मानियो र उनलाई एकपटक फेरि नजरबन्द गरियो तर, उनी त्यहाँबाट फरार भए ।

इमरानमाथि आतंकवाद अधिनियम अन्तर्गत आरोप लाग्यो । उनलाई डेरा गाजी खान जेलमा राखियो, जहाँ उनलाई पारिवारिक सदस्यहरुसँग मात्रै भेट्ने अनुमति थियो ।

उनले जेलमा नै भोक हड्ताल सुरु गरे । पछि २१ नोभेम्बरमा उनलाई राजनीतिक कैदीहरुको साथमा रिहा गरियो ।
फेब्रुअरी २००८ मा उनको पार्टीले चुनाव बहिष्कार गर्‍यो । मार्च २००९ मा इमरान एकपटक फेरि नजरबन्दमा परे ।

सरकारविरोधी प्रदर्शनलाई लिएर यसपटक आसिफ अली जर्दारी सरकारले उनलाई आफ्नै घरमा बन्द गरेको थियो ।
यसपछि सन् २०१३ को निर्वाचनको लागि इमरानले एक रणनीतिअनुसार काम गरे । उनले तत्कालिन पाकिस्तान पिपुल्स पार्टीको सरकारविरोधी प्रदर्शनलाई गर्दै जर्दारी सरकारले गरेको भ्रष्टाचारको मुद्दा उचाले र अफगानिस्तान पाकिस्तान सीमामा अमेरिकी ड्रोन हमलाको विरोध गरे ।

इमरान आफ्नो राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तानको वकालत गर्छन् ।

इमरान आफ्नो राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तानको वकालत गर्छन् ।

तीन विवाह गरेका छन् इमरानले

२५ नोभेम्बर १९५२ मा जन्मिएका इमरान खानले लाहौरको एचिसन कलेज, क्याथर्डल स्कूल र इंग्ल्याण्डको रोयल ग्रामर स्कूलबाट पढाइ पूरा गरे । उनले केवल कलेज, अक्सफोर्डबाट राजनीति र अर्थशास्त्रको अध्ययन पनि गरेका छन् ।

क्रिकेट खेलाडीको रुपमा उनको नाइट क्लब गइरहने र लगातार रोमान्ससँग जोडिने युवाको बन्यो । पछि सन् १९९५ मा उनले ब्रिटिस नागरिक जेमिमा गोल्डस्मिथसँग विवाह गरे ।

जेमिमाबाट इमरानका दुई छोरा छन् । तर, नौ वर्षपछि २००४ मा जेमिमा र इमरानको सम्बन्धविच्छेद भयो ।

यसपछि २०१४ मा इमरानले टीभी प्रस्तोता रेहम खानसँग दोस्रो विवाह गरे । पाकिस्तानी आमाबाबुबाट लिबियामा जन्मिएकी रेहम र इमरानको विवाह पनि धेरै टिकेन । जम्मा १० महिना सँगै बसेर छुटि्टएपछि रेहमले एक पुस्तक लेखेर इमरानमाथि यौनशोषणको गम्भीर आरोप लगाइन् ।

यसपछि इमरान खानले फेब्रुअरी २०१८ मा बुसरा मनिकासँग तेस्रो विवाह गरे ।

सफल क्रिकेट करियर

इमरान खान कति ठूला क्रिकेटर हुन् भन्ने कुरा एउटा घटनाले पुष्टि हुन्छ । जब उनले १९८७ मा राष्ट्रिय टिमबाट सन्यास लिए त्यसपछि राष्ट्रपति आफैले उनलाई आग्रह गरेर १९८८ राष्ट्रिय टिममा बोलाइएको घटनाबाट नै प्रष्ट हुन्छ ।

उनले सन्यास फिर्ता लिएर ३९ वर्षको उमेरमा कप्तानको रुपमा पाकिस्तानलाई विश्वकप जिताए ।

१९ वर्षको छँदा इंग्ल्याण्डविरुद्धको टेष्टमा पाकिस्तानको टिमबाट डेब्यु गरेका उनले तीन वर्षपछि वान डे टिममा पनि स्थान बनाए ।

सन् १९७८ मा अष्ट्रेलियाको पर्थमा आयोजित एक समारोहमा उनले १३९.७ किलोमिटरको गतिमा फ्याँकेको बलको कारण उनको परिचय तिब्र गतिका बलरको रुपमा रहन गयो ।

इमरान खान डेनिस लिली र एन्डी रोबट्र्स जस्ता चर्चित बलरहरुलाई पछाडि पार्दै तेस्रो स्थानमा रहे । उनको आडि माइकल होल्डिंग्स र जेफ थोमसन मात्रै थिए ।

इमरान खानले ८८ टेस्ट म्याचमा ६ शतक र १८ अर्धशतको मद्धतले ३,८०७ रन बनाएका छन् र ३६२ विकेट लिएका छन् । क्रिकेटबाट सन्यास लिने समयमा उनी पाकिस्तानको सर्वाधिक टेस्ट विकेट लिने बलर थिए ।

जब उनी सन् १९८२ मा पाकिस्तानको क्रिकेट टिमको कप्तान बने त्यतिखेर उनी धेरै लजालु थिए । सुरुवाती टिम बैठकमा उनी टिमका सदस्यहरुसँग राम्रोसँग कुरा गर्न सक्दैन थिए ।

राजनीतिमा आउनु पहिले पाकिस्तानको निर्वाचनमा एक भोट पनि नहालेको बताउने इमरानलाई विश्वास गर्दै यो निर्वाचनमा उनको पार्टीको चिहृन क्रिकेट ब्याटमा पाकिस्तानी मतदाताले धेरै भोट खसाएका छन् ।

विश्वकप जित्ने कप्तान

यसपछि कप्तान र एक क्रिकेटरको रुपमा उनको उपलब्धी शिखरमा रहे । इंग्ल्याण्डलाई उसैको घरमा हराउने, भारतविरुद्ध घरेलु सिरिजको ६ टेस्टमा ४० विकेट लिने, श्रीलंकाको विरुद्ध करियरको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने जस्ता प्रदर्शनले उनलाई सफल क्रिकेटरको पहिचान दियो ।

सन् १९८७ को विश्वकपको सेमिफाइनलमा हारेपछि उनले सन्यास लिए तर पाकिस्तानका राष्ट्रपति जनरल जिया उल हकको आग्रहमा उनले फेरि कप्तानी कमान सम्हाले र १९९२ मा विश्वकप जिताए ।

इमरानले पाकिस्तानलाई आफ्नो पहिलो विश्वकप मात्रै जिताएनन् । ३९ वर्षको उमेरमा पनि आफ्नो टीमको तर्फबाट टुर्नामेन्टको सबैभन्दा धेरै रन उनैले बनाए ।

क्रिकेटबाट सन्यास लिएपछि उनले कहिलेकाहीँ बल टेम्पर गरेको स्वीकार थिए । तर, उनले यो पनि बताए यस्तो काउन्टीको एक म्याचमा गरेको बताएका थिए ।

राजनीतिमा आउनु पहिले पाकिस्तानको निर्वाचनमा एक भोट पनि नहालेको बताउने इमरानलाई विश्वास गर्दै यो निर्वाचनमा उनको पार्टीको चिहृन क्रिकेट ब्याटमा पाकिस्तानी मतदाताले धेरै भोट खसाएका छन् ।

यससँगै चुनावमा इमरान खानको पार्टीको जीतले पाकिस्तानको राजनीतिमा भुट्टो र शरीफ परिवारको दशकौंसम्म रहेको वर्चश्व तोडिएको छ ।

पूर्वपत्नीको बधाई 

इमरानको पार्टीले मतगणनामा अग्रता लिएसागै इमरानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले टि्वट गरेर उनलाई बधाई दिएकी छिन् ।

ट्वीटरमा उनले लेखेकी छिन्, ‘२२ वर्षपछि धेरै अपमान, बाधा र बलिदान पछि मेरा छोराहरुका पिता पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्नेछन्, यो दृढता, विश्वास र कहिल्यै हरेश नखानको लागि ठूलो उदाहरण हो । अब उनी किन राजनीतिको पहिलो स्थानमा आए भन्ने कुरा सम्झिनराख्न चुनौती छ । बधाई इमरान खान ।’

उनको ट्वीटलाई १७ हजार भन्दा धेरैले रिट्वीट गरेका छन् भने ४१ हजारले लाइक गरेका छन् ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment