+
+
Shares

एक लाख १० हजार घुससहित धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बा पक्राउ

सुरेश विडारी  सुरेश विडारी 
२०७५ साउन ११ गते १२:४२

११ साउन, पर्सा । अख्तियारले एक लाख १० हजार घुससहित पर्साको धोबिनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा एनामुल हक अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शुक्रबार विहान उनीहरुलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारको हेटौंडा कार्यालयका शाखा अधिकृत विकास वि.क. र प्रहरी निरीक्षक लक्ष्मणबहादुर खड्का नेतृत्वको टोलीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका-१४ पिपरामा रहेको डेराबाट नियन्त्रणमा लिएको हो । उनीहरुलाई शुक्रबार नै हेटौंडा लिइएको छ ।

यादव र हकले उपभोक्ता समितिसँग विकास निर्माणको कामको रकम भुक्तानी दिएवापत कमिशनस्वरुप एक लाख १० हजार रुपैयाँ घुस लिएको दावी अख्तियारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?