Comments Add Comment

उपमहानगरका समस्या लिएर प्रधानमन्त्री निवास पुगे मेयर

११ साउन, दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे समस्या र गुनासो लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटार पुगेका छन् ।

मेयर पाण्डेले शुक्रबार प्रधानमन्त्री ओलीलाई निवासमै भेटेर स्थानीय तहका समस्या दर्शाएका हुन् ।

भेटका क्रममा मेयर पाण्डेले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

तुलसीपुर विमानस्थल सञ्चालन, नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन लगायतका विषयमा पनि कुरा भएको मेयर पाण्डेका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिए ।

मेयर पाण्डेले कानूनको अभावमा स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै तत्काल कानुनी अड्चन फुकाउनेतर्फ अगाडि बढ्न आग्रहसमेत गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई जानकारी गराउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment