Comments Add Comment

नारायणकाजीले भने : समृद्धिको अभियानमा प्रतिपक्ष नबनौं

११ साउन, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सबैलार्इ सरिक हुन अपील गरेका छन् ।

शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले समृद्धिको अभियानमा कोही पनि प्रतिपक्षी हुन नहुने बताए ।

‘चुनाव र सरकार सञ्चालनको जिम्मेवारी तोकिएको अवधिका लागि हुन्,’ उनले भने,  ‘विगतको चुनावी तुष राखियो भने बिकास र समृद्धिको अभियानले गति लिदैन ।’ समृद्धि आम नेपालीको साझा चाहना र आकाङ्क्षा भएकाले सबैले यसमा खुला र सहयोगी भूमिका खेल्नुपर्ने श्रेष्ठले बताए ।

उनले जनतालाई सुशासनको अनुभूति दिलाउन भ्रष्टाचारमुक्त सेवा प्रवाह सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका प्रतिनिधिले दिनैपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्न नसके समृद्धि, बिकास र सुशासनका कुरा फगत गफ हुने कुरा राम्ररी बुझन आफ्नो पार्टीबाट स्थानीयतहमा निर्वाचित प्रतिनिधिलाई उनले सचेत गराएका छन् ।

समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष सशीकला दाहाल र नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले सार्वजनिक गरिएको नीति , कार्यक्रम तथा वजेटको सफल कार्यान्वयनले मात्र जनताले परिवर्तनको अनुभूति गर्नसक्ने उल्लेख गरे ।

कार्यक्रममा  बर्दिवास नगरपालिका नगर प्रमुख बिदुरकुमार कार्कीले आर्थिक बर्ष ०७५/७६ का लागि नगरसभाले पारित गरेको नीति कार्यक्रम र ८७ करोड ३९ लाख ६ हजारको  वजेट सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment