Comments Add Comment

कांग्रेसको अवरोधपछि प्रदेश ५ को संसद स्थगित

१३ साउन, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश ५ को संसद बैठक स्थगित भएको छ ।

आइतबार बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संबैधानिक व्यवस्था रहे पनि अहिलेसम्म एउटै दलको सभामुख र उप सभामुख रहेकोले मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद अवरोध गर्ने जानकारी गराएकी थिइन् ।त्यसलगत्तै सभामुख पूर्ण घर्तीले सोमबारसम्मका लागि बैठकले स्थगित गरेका हुन् ।

कांग्रेस सांसद क्षेत्रीले बोलेपछि अन्य कांग्रेस सांसदहरु पनि उठेर बिरोध जनाएका थिए ।

प्रदेश सभाको आइतबारको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित अर्थ,उद्योग तथा पर्यटन समितिको प्रतिवेदन,प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित अर्थ,उद्योग तथा पर्यटन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

साथै प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित प्रदेश मामिला तथा कानून समितिको प्रतिवेदनमाथि छलफल गर्ने र आइतबारकै बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची पनि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment