+
+
Shares

नबिल बैंकले गर्‍यो बागमती किनारमा बृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १५:५८

१३ साउन, काठमाडौं । नबिल बैंकले आ˚्नो ३४ औं वाषिर्क उत्सवको अवसर पारेर वातावरण संरक्षण गरी हरियाली कायमगर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको ३० औं वाषिर्कोत्सबको उपलक्षमा साउनमा यो क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो । त्यस समयपछि बैंकले यो क्षेत्रमा नियमित रुपमा बृक्षहरुको सुरक्षा तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

बैंकको बाषिर्कोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?