Comments Add Comment

त्रिविमा वेरुजु घटाउन सफ्टवेयरको प्रयोग

१३ साउन,  काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बेरुजु घटाउन ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेजमेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।

लेखापरीक्षण महाशाखाले त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न सफ्टवेयर सञ्चालनमा ल्याएको बताएको छ । त्रिवि अन्तर्गतका ३० वटा निकायहरुमा उक्त सफ्टवेयर सिस्टम सञ्चालनमा भएको छ ।

सफ्टवेयर सञ्चालन कार्यक्रममा बोल्दै रजिष्टार डिल्लीराम उप्रेतीले आन्तरिक लेखा परीक्षण कार्यलाई समयमै सम्पन्न गरी समयमै महालेखा परिक्षण गराइ वेरुजु घटाउन सम्पूर्ण मातहतका निकायहरुलाई निर्देशन दिए ।

आर्थिक अनुसाशन र पारदर्शितामा कुनै पनि वहानावाजी नचल्ने भन्दै उनले समयमै आन्तिरक एवं वाहृय लेखापरीक्षण हुन नसक्ने निकायको वजेट निकासा रोक्ने चेतावनीसमेत दिए ।

कार्यक्रममा नायव महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविमा हुने गरेको वेरुजुका किसिम र वेरुजु नियन्त्रणका उपायका वारेमो उपस्थित लेखामा कार्यरत कर्मचारीहरुलाई जानकारी गराए ।

त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सवैलाई अनुरोध गर्दै त्रिवि जस्ता उच्च शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरमा रही काम गर्न समेत सजग गराए ।

कार्यक्रममा लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिवि हुने वेरुजुको प्रकृति र वेरुजु नियन्त्रणमा भइरहेको प्रयासहरुका वारेमा जानकारी गराउँदै लामो समयदेखि प्रयत्न गरिएको सफ्टवेयर सञ्चालनले त्रिविमा हुने गरेको वेरुजुको अवस्थामा अत्यधिक सुधार हुने अपेक्षा गरे ।

कार्यक्रममा आर्थिक प्रशासन महाशाखाका प्रमुख कुमारप्रसाद हुमागाईले आर्थिक कार्यविधिको पालना कडाईसाथ लागू गरी त्रिविलाई आर्थिकरुपमा अनुशासित संस्थाको रुपमा अघि वढाउन सम्पूर्ण कर्मचारहरुमा अनुरोध गरे ।

प्रविधिको प्रयोगद्वारा संस्थालाई पारदर्शि एवं जिम्मेवार बनाउन सकिने भन्दै त्रिवि सूचना केन्द्रका प्रमुख दीपकबहादुर शाहीले सफ्टवेयर सञ्चालनमा सूचना केन्द्रको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment