Comments Add Comment

डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी विजयी

१४ साउन, चितवन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् ।

अधिकारीलाई कृष्ण सिटौला समूहले अघि सारेको थियाे । अधिकारीले रामचन्द्र पौडेल समूहका सिताराम केसी र शेरबहादुर देउवा समूहका रामकुमार श्रेष्ठलाई पराजित गरे । अधिकारीले ४३१ मत ल्याउँदा केसीको पक्षमा ३३४ मत आयो । यस्तै अर्का उम्मेदवार श्रेष्ठले ४२ मत ल्याए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा,  कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

डीएलए प्रदेश संरचनामा जाने कांग्रेसको पहिलो भातृ संगठन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment