Comments Add Comment

प्रदेश ७ को राजधानी र नामाकरणका लागि विशेष सुझाव समिति गठन

प्रतिवेदन तयार गर्न ७ दिनको समयसीमा

१५ साउन, कैलाली । प्रदेश सभाले पूर्णता पाएको लामो समयपछि प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको लागि बिशेष सुझाब समिति गठन गरिएको छ ।

गत महिना प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सभा संचालन भएको लामो समय बितिसक्दा पनि राजधानीको नाम र स्थानाबारे संसदमा छलफल नै नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

सोमबार बसेको संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिबेदन पेश गर्न प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय बिशेष सुझाब समिति गठन गरिएको जानकारी दिए ।

समितिमा संयोजक तारालामा तामाङ, प्रदेश सांसद बलदेब रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् ।

समितिमा रहेका अधिकांश सांसदहरु नेकपाबाट निर्वाचित भएका हुने भने श्यामलाल राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन ।

बिशेष सुझाव समितिलाई ७ दिनभित्र प्रदेशको नामाकरण र राजधानी बारे प्रतिवेदन तयार गरी पेश गर्न भनिएको सभामुख थापाले जानकारी दिए ।

उनले सरकोरवाला सबै सक्षसँगको छलफल र सहयोगमा प्रतिवेदन पेश गर्न सुझाव दिइएको बताए ।

समितिका संयोजक तारालामा तामाङले सभामुखसँग परामर्श गरी कार्यविधि तयार गर्ने बताए ।

उनले तोकिएको समयसीमा भित्रै सम्बन्धित सबै सरोकारवाला पक्षसँगको सहकार्यमा विवादरहित स्थान र नामाकरणसहित प्रतिवेदन पेश गर्ने बताए ।

संयोजक लामाले प्रदेश ७ का सबैलाई मान्य हुने गरी नामाकरण र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा सुक्ष्म तरिकाले विज्ञहरुसंगको सहकार्यमा तोकिने बताए ।

हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकिएको छ । विगत लामो समयदेखि डोटीमा राजधानी हुनुपर्ने माग राख्दै महिनौ दिनसम्म पनि बिरोधका कार्यक्रमहरु भएका थिए ।

तराई-पहाडका जनताहरुलाई मान्य हुने गरी राजधानीको नाम र स्थान तोक्न चुनौती देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment