Comments Add Comment

पैसाका लागि मात्र खेलेको हुँ रेस ३: अनिल कपुर

केही हप्ताअघि प्रदर्शनमा आएको बलिउड फिल्म ‘रेस ३’ निकै आलोचित बन्यो । सलमान खानको कारणले २-३ दिन दर्शक हलमा ओइरिए पनि अन्ततः फिल्म फ्लप भयो ।

फिल्मको विषयवस्तु तथा संवादको समिक्षकहरुले तिखो आलोचना गरेका थिए । यसका बाबजुद अभिनेता अनिल कपुरको अभिनयको भने प्रशंसा भयो । फिल्मबाट प्रशंसा पाएका एक मात्र अभिनेता थिए उनी ।

हालै एक पत्रकार सम्मेलनमा अनिललाई सोधियो, ‘तपाईंले रेस ३ जस्तो झूर फिल्म किन खेल्नुहुन्छ ?’

यसको जवाफमा अनिलले फिल्मको कुनै बचाउ गरेनन् । बरु आफ्नो बाध्यता सुनाए ।

‘म पैसाका लागि यस्ता फिल्म गर्छु,’ उनले प्रष्ट शब्दमा भने, ‘मेरो मुख्य पेशा नै फिल्म हो । मैले फिल्म खेलिन भने पैसा कमाउन सक्दिनँ । पैसा कमाइनँ भने श्रीमतीले घरमा पस्न दिन्नन् । त्यसैले पैसाको लागि झूर फिल्म पनि खेल्नुपर्ने वाध्यता छ ।’

‘रेस ३’ पछि अनिल कपुरको ‘फन्ने खान’ प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनले ऐश्वर्या रायका साथमा अभिनय गरेका छन् । यसपछि उनी ‘एक लड्की तो देखा तो ऐसा लगा’ मा देखिनेछन् । छोरी सोनम कपुरसँग उनले पहिलोपटक यो फिल्ममा स्क्रिन सेयर गर्न लागेका हुन् । उनीहरु सम्भवतः फिल्ममा पनि बाबुछोरीकै भूमिकामा हुनेछन् । यो फिल्ममा अनिल कपुरकी समकालिन नायिका जुही चावलाको पनि अभिनय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment