+
+

प्रदेश ५ : मन्त्रिपरिषदबाट दुई विधेयक स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १८:५२

१५ साउन, बुटवल । प्रदेश ५ सरकारले स्थानीय तहका पदाधिकारी, सदस्य र कार्यपालिका सदस्यलाई वैठक भत्ता दिने गरी संशोधन भएको विधेयक स्वीकृत गरेको छ । यसअघि पारिश्रमिक उल्लेख भए पनि वैठक भत्ता दिने व्यवस्था थिएन ।

संशोधन भएको विधेयकमा वैठक भत्ता पाउने व्यवस्था गरिएको छ । जसमा बढीमा एक हजार रुपैयाँ वैठक भत्ता पाउन सक्ने उल्लेेख गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद वैठकले गाउँसभा तथा नगर सभाको कानुन निर्माण प्रक्रियासम्बन्धी संशोधन विधेयक पनि स्वीकृत गरेको छ । कानून निर्माण प्रक्रियाका क्रममा कसैले मुद्दा हाल्न सक्ने भएकाले मुद्दा खारेजी र बचाउका लागि विधेयकमा संशोधन गरी स्वीकृत गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद वैठकले प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भई आएका प्रमुख सचिव डा. तीर्थराज ढकाललाई स्वागत गरेको छ । स्याङजा घर भएका प्रमुख सचिव ढकाल प्रधानमन्त्री कार्यालयबाट बुटवल आएका हुन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा शत प्रतिशत वजेट खर्च गर्ने गरी सबै मन्त्रालयलाई कार्ययोजनाको क्यालेण्डर नै बनाउन लगाई चौमासिक रुपमा कार्य प्रगतिको अनुगमन गर्ने विधि बनाएर अघि बढेकोसमेत प्रवक्ता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?