Comments Add Comment

फरार अभियुक्त पक्राउ


१६ साउन, वीरगञ्ज । अदालतबाट दोषी ठहरपछि फरार दुई अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४ बस्ने धीरजकुमार साह र बाराको कोल्हबी नगरपालिका–५, ककडीका दुर्योधन चौधरी छन् ।

लागू औषध मद्दामा ०६९ मंसिर २० गते बारा जिल्ला अदालतले साहलाई दोषी ठहर गरी ६० हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो । बारा अदालतले चौधरीविरुद्ध वन पैदावार नोक्सानी मुद्दामा दोषी ठहर गरी ०६९ भदौ २७ गते १५ हजार रुपैयाँ जरीवाना सुनाएको थियो । अदालतले दोषी ठहर गरी जरीवानाको फैसला सुनाइसकेको भए पनि दुवै फरार थिए ।

फरार रहेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतमा बझाइएको र जरीवाना रकम तिरेर उनीहरु छुटेको प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment