Comments Add Comment

यस्ता पनि नायिका हुन्छन् भनेर गाली गर्थेः पूजा शर्मा


नायिका पूजा शर्माको जिन्दगी र करिअरमा धेरै टर्निङ प्वाइन्टहरु आएका छन् । उनको जीवन जति चाडो बदलियो, करिअर बदलिन त्यती नै समय लाग्यो ।

चलचित्र ‘थि्र लभर्स’मा निर्देशक सुरेश दर्पण पोख्रेलले उनलाई काम गराउँदा उनको बजार भ्यालु शुन्य थियो । निर्देशक सुदर्शन थापासँग भेट भएपछि पूजाले लगालग चलचित्र खेलिन् । तर, उनलाई नायिकाको रुपमा न त दर्शकले नै स्विकार गरे न त मिडियाले नै । चलचित्र ‘मधुमास, अझै पनि, चंखे शंखे पंखे’ मा काम गर्दा पनि पूजा नायिकाको रुपमा चिचिन सकिनन् ।

‘यस्ती पनि नायिका हुन्छन् ? भन्थे,’ पूजाले सम्भिmइन् । पूजाले मिडिया र दर्शकबाट धेरै आलोचना खेपिन् । उनी भन्छिन्,-‘असफलता र गाली मेरो जीवनमा एकैपटक आएका थिए । तर, अहिले दर्शकको माया पाउँदा फुरुङ्ग छु ।’

चलचित्र ‘प्रेमगीत’ उनको करिअरका लागि कोशेढुंगा बन्यो । यो चलचित्र हिट भएपछि पूजाको करिअर र जीवन दुबै बदलियो । यसपछि त उनी आफै चलचित्र निर्माणमा समेत होमिएकी छिन् । भदौ २२ गते उनले निर्माण गरेको दोश्रो चलचित्र ‘रामकहानी’ रिलिज हुँदैछ ।

पूजा भन्छिन्-‘मेरा लागि मेरा दर्शक नै सबथोक हुन् । दर्शकको मायाले नै म आज यो स्थानमा छु । उहाँहरुलाई निराश कहिल्यै बनाउँदिनँ ।’
पूजा यस्ती एक नायिका हुन्, जसको भिडियोले युुट्यूबमा अत्यधिक प्रशंसा पाउँछन् । अधिकांश कलाकारलाई दर्शकले मिश्रति प्रतिक्रिया दिदा पूजा प्रशंसा गर्ने धेरै भेटिन्छन् । पूजा भन्छिन्-‘सायद दर्शकलाई मेरो खुलेर बोल्ने र रमाइलो गर्ने बानी मनपर्छ ।’

पूजालाई आफूले जोडी बनाएका नायकहरुमा नायक प्रदिप खड्का विशेष लाग्छन् । पूजा र प्रदिपको व्यथा पनि एउटै छ । पूजाले भनिन्-‘प्रदिप र म दुबै असफलता भोगेर आएका हौ । हाम्रा सुरुवाती प्रोजेक्टहरु असफल भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment