Comments Add Comment

एनआईसी एशिया र रिलायबल नेपाल लाईफबीच बैंकास्योरेन्स


१७ साउन, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment