Comments Add Comment

कक्षा १२ को परीक्षाफल सार्वजनिक


१७ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डले गत वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको हो ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा एक हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।  परीक्षा बोर्डका अनुसार, ११ हजार २२१ ले ३.२१ देखि ३.६०, २७ हजार ६४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेकाे संख्या ५८ हजार ३४५ छ ।

बाेर्डका अनुसार,  ९० हजार २९९ ले २.१ देखि २.४०, ६६ हजार ४३८ ले १.६१ देखि २ अंक हासिल गरेका छन् ।  २२ हजार ७३४ ले १.२१ देखि १.६० ल्याएका छन् भने ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७ छन् ।  ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment