+
+
Shares

सगरमाथाको उचाइ फेरि नाप्न न्यूजील्याण्डले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १७ गते १२:३९

१७ साउन, काठमाडौं । न्यूजील्याण्ड सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ फेरि नाप्नको लागि नेपाल सरकारलाई प्राविधिक सहयोग गर्ने जनाएको छ ।

न्यूजील्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकार अन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्यूजील्याण्डका भूगणितिज्ञ डाक्टर कि्रस पियर्सनलाई सहयोग गरिरहेको छ ।

डाक्टर पियर्सनको सहयोगमा सगरमाथाको उचाइ फेरि नाप्ने क्रममा पहिलो चरणको योजना बनाउन र तथ्यांक संकलनको काम भइरहेको नयाँदिल्लीस्थित न्यूजील्याण्ड दूतावासले एक विज्ञप्तीमा बताएको छ ।

धेरै भूगर्भविद्हरुले २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पको कारण सगरमाथाको उचाइ ३ सेन्टिमिटरसम्म कम भएको हुन सक्ने बताएका थिए ।

धेरैले यस्तो शंका व्यक्त गरेपछि नापी विभागले सगरमाथाको सफल आरोहण गरिएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई वर्ष भित्रमा सगरमाथाको उचाइ फेरि नाप्ने योजनाअनुसार परियोजना सुरु गरेको थियो ।

अहिले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर छ । नेपालको नापी विभागले नेतृत्व गरेको यो परियोजनामा सर जर्ज एभरेष्टले अपनाएको परम्परागत नापी विधिको साथै आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम रिसिभरलाई सगरमाथाको टुप्पोमा लगेर उचाइ नापिने छ ।

यो परियोजना सन् २०१९ को मध्यसम्ममा सकिने बताइएको छ ।

द नेशनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?