Comments Add Comment

सांसद निरु पालले भनिन् : मेरो घाँटीमा पेस्तोल राख्दैमा सरकार डराउँदैन

१७ साउन, काठमाडौं । सांसद निरु पालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा पनि जानकारी गराएकी छन् ।

बुधबार संसदीय सुुनुवाइ समितिको बैठकमा घटनाबारे जानकारी गराएकी उनले बिहीबार संसदको विशेष समयमा बोल्दै आफूमाथि आक्रमण भएको जानकारी गराएकी हुन् ।

सा‌ंसद पालले ‘म स्वयं यो देशको सांसद, जनताको प्रतिनिधि, म माथि एउटा घट्यो । तर दुर्घटना भएन । यो कुरा म सम्माननीय सभामुखमार्फत सरकार र जनतासमक्ष भन्न चाहन्छु भन्दै घटनाबारे जानकारी गराएकी थिइन् ।

उनले संसदको विशेष समयमा राखेको भनाइको सम्पादित अंश

म आफैमाथि भएको घटनाको विस्तृत जानकारी गराउन चाहन्छु । साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा गएको थिएँ । मेरो घरबाट बाहिर निस्कदा साँघुरो अध्यारो गल्ली छ ।

त्यहाँ एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो । मलाई देखेपछि उसले म पट्टी मुख फर्काएर माथि दिवालतिर हेर्‍यो । त्यहाँ २/३ जनामा मान्छे थिए । बाहिर ३/४ वटा मोटरसाइकल थिए ।

मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।

मैले यो घटनलाई पृथक ढंगले लिएको छु । म कसैलाई दोष दिन चाहन्न । निरु पाललाई घाँटीमा पेस्तोल राखेर सरकार डगमगाउँछ भन्ने लागेको भए त्यो दिवास्वप्न मात्र हुनेछ ।

मलाई भोलिको बैठकमा गइस् भने (सम्माननीय प्रधानमन्त्रीको नाम घटिया तरिकाले लिएर) उहाँले पनि तेरो लास भेट्न सक्दैन भनियो ।

मेरो मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढाल्दिन्छु भन्यो । म पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन ।

यो घटनामार्फत संसदीय सुनुवाइ समितिको बैठकमा अन्यथा गर्न खोजेको भन्ने पनि मलाइ लाग्दैन ।

म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । घटनापछि मैले राज्य प्रमुखलाई खबर गरेको थिएँ । सुरक्षामा सजग गराउनुभएको छ । सरकारले निरु पाललाई मात्र होइन आम नेपाली चेलीलाई सुरक्षित गराओस् ।

यो पनि पढ्नुहोस्

प्रहरीकै शंकाको घेरामा परिन् सांसद निरुदेवी पाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment