Comments Add Comment

ज्यान मुद्दामा पत्रकार पक्राउ

सांकेतिक फोटो

१७ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार राजकमल सिंहलाई पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका साधारण सदस्य रहेका सिंह मुरलीचोकबाट पक्राउ परेका हुन् ।

ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । ०७४ मंसिर २५ गते भानुचोकमा भएको घटनामा संलग्न भएको भन्दै सिंहविरुद्ध जाहेरी परेकोले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सिंलाई म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकि्रया अघि बढाइएको छ । पत्रकार सिंहमाथि पुराना मुद्दाहरू पनि छन । ती सबै पुराना मुद्दाहरुको समेत अनुसन्धान हुने प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए ।

यसैबीच नेपाल पत्रकार महासंघ धनुषा शाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर कसैको प्रभावमा नपरी घटनाको अनुसन्धान गर्न र दोषी उपर कारवाही गर्नु पर्ने बताएको छ ।

केहीले भने पत्रकार सिंहलाई राजनीतिक पूर्वाग्रह राखी फसाउन खोजिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment