Comments Add Comment

घरै बसेर ‘प्रिमियर लिग’ खेल्ने अवसर , विजेतालाई एक लाख पुरस्कार

१७ साउन, काठमाडौं । तपाई इंग्लिस प्रिमियर लिग फुटबल पछ्याउनु हुन्छ भने खुसीको खबर छ । मोबाइल एप्लिकेसनमार्फत प्रिमयर लिगमा आधारित ‘फ्यान्टासी फुटबल’ खेलर एक लाख रुपैयाँ पुरस्कार जित्ने अवसर छ ।

नेपाली फुटबलप्रेमीहरु विश्वभर चर्चामा रहने लिग फुटबलका साना साना कुरा पनि पछ्याइरहेका हुन्छन् । मैदानका खबरसँगै मैदानबाहिर खेलाडीका गतिविधिमा पनि उनीहरुको चासो हुन्छ ।

त्यस्तै चासोले फुटबलप्रेमीहरु इन्टरनेट सहायताले कम्प्युटर र मोबाइलमा फुटबलसम्बन्धी अनेक खेल पनि खेलिरहेका हुन्छन् । नयाँ जानकारी र मनोरञ्जन एकसाथ मिल्ने यस्तै एक प्रविधिमा आधारित ‘फ्यान्टासी फुटबल’ पनि लोकप्रिय बनिरहेको छ ।

सन् १९६२ मा अमेरिकामा बिल विन्किनब्याक र १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मनोरञ्जनका लागि फ्यान्टासी फुटबलको अवधारणा विकास गरेका थिए ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आधारित रहेर खेलिने यो खेल पूर्ण रुपमा कल्पनामा आधारित रहन्छ । पि्रमियर लिगको अफिसियल साइटबाट बार्षिक ४५ लाखले फ्यान्टासी फुटबल खेल्ने गर्छन् । पछिल्लो वर्षको तथ्यांकअनुसार नेपालमा नै पनि झण्डै ५० हजारले ‘फ्यान्टासी फुटबल’ खेलेका थिए ।

‘फ्यान्टासी फुटबल’ मा काम गरिरहेको ‘कर्नर फ्ल्याग प्रालि’ का सीईओ सौरभ घिमिरे आफूहरुले मोबाइल एप्लिकेसन नै बनाएर नेपालीमाझ थप रोमाञ्चकता दिन लागेको बताउँछन् । ‘यसले नेपालमा फ्यान्टासीको लोकप्रियता अझै बढ्ने विश्वास छ । हामी नेपाली लिगको लागि पनि फ्यान्टासी एप्स बनाउने तयारीमा जुटेका छौं’ उनले भने ।

बिहीबारबाट यो सिजनको फ्यान्टासी प्रिमियर लिग (एफपीएल) प्रतियोगिता आयोजना गर्ने जानकारी कर्नर फ्ल्यागले जनाएको छ । गएको वर्ष गरेको प्रतियोगितामा १० हजार बढीले सहभागिता जनाएको कर्नर फ्ल्यागले जनाएको छ ।

यसमा सहभागी हुन मोबाइल एप्लिकेसन फुट्टी फेन्टासी डाउनलोड गर्नुपर्ने हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईओएस प्रयोगकर्ताले एप्स स्टोरमा गएर डाउनलोड गर्न सक्नु हुनेछ ।

यो सिजन ३८ हप्ताको खेलपछि अन्तिममा उत्कृष्ट हुने सहभागीले १ लाख रुपैयाँ पुरस्कार पाउने र प्रत्येक हप्ताका उत्कृष्ट हुने एक सहभागीले उपहार पाउने कर्नर फ्ल्यागले उल्लेख गरेको छ ।

इंग्लिस प्रिमियर लिग आगामी अगष्ट ११ बाट हुँदैछ । प्रिमियर लिगमै आधारित भएकाले फ्यान्टसी प्रिमियर लिगको अवधि पनि ९ महिनाकै रहने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment