Comments Add Comment

छापामा आजः भारत र मलेसियामा सिफारिस गरिएका राजदूतको प्रमाणीकरण भएन

‘कांग्रेसले अल्झाए जोशीविरुद्ध महाभियोग’

१८ साउन, काठमाडौं । राजधानीबाट प्रकाशित पत्रिकाहरुले आज पनि प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई नै बढी जोड दिएका छन् । सुनुवाइ समितिले आजै जोशीबारे निर्णय गर्ने बताइरहेका बेला पत्रपत्रिकाले यो समाचारलाई प्राथमिकता दिएका हुन् ।

त्यसैगरी सरकारले केही समयअघि गरेको राजदूत नियुक्ति निष्क्रिय हुने अवस्थामा पुगेका समाचार पनि आजका पत्रिकामा छापिएका छन् ।

मन्त्रिपरिषदले ३२ असारमा नीलकण्ठ उप्रेतीलाई भारत र उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिस गरेको थियो । तर, मुख्यसचिवले सिफारिस प्रमाणीकरण प्रक्रिया अघि नबढाउँदा सरकारी निर्णय निश्क्रिय हुने सम्भावना बढेको समाचारमा उल्लेख छ ।

संसदीय सुनुवाइका कारण न्याय सम्पादन प्रभावित भएको, राज्यमन्त्रीलाई पक्राउ गर्न परमादेश जारी भएको, प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि देखिएको लगायत समाचारले आजका पत्रपत्रिकामा स्थान पाएका छन् ।

कान्तिपुरले आज ‘कांग्रेसले अल्झाए महाभियोग’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । अन्नपूर्ण पोस्टले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकी कोजुलाई ओभर स्टेको आरोपमा नेपाल प्रवेशमा रोक लगाइएको खबर छापेको छ । डा. गोविन्द केसी अझै नतंग्रिएको भन्दै अन्नपूर्णले एंकर न्युज बनाएको छ ।

सांसदलाई मर्यादाको ख्याल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले पाँच महिनापछि ‘मिनी पार्लियामेन्ट’ शीर्षक दिएर अर्को समाचार छापेको छ ।

नयाँ पत्रिकाले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विवादित छविबारे लेखेको छ । नयाँ पत्रिकाका अनुसार जोशी सर्वोच्च आउँदै विवादित थिए । ०७१ मा संसदीय सुनुवाइ हुँदा ६७ मध्ये २५ सदस्य विपक्षमा उनी थिए ।

सिक्टा नहरको निर्माण लापरबाहीबारे आज पनि मुख्य समाचार बनाएको नागरिकले संसदीय सुनुवाइका कारण न्याय सम्पादन प्रभावित भएको समाचार छापेको छ ।

राजधानीमा दीपकराज जोशीको विवादित छविको चर्चा छ । त्यसैगरी संघीय संसदका समितिले पूर्णता पाएको खबर राजधानीमा प्रकाशित छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment