बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्यको दुनियाँकै पहिलो कम्पनी

Suzuki
अनलाइनखबर


आइफोन निर्माता कम्पनी एप्पल १० खर्ब डलर मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ ।

कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै एप्पलले बिहीबार १० खर्ब डलर मूल्यको कोशेढुङ्गा पार गरेको हो ।

दोश्रो त्रैमासिक अवधिको सन्तोषजनक वित्तीय प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै एप्पलको शेयर मूल्य बढेर प्रतिशेयर २०७ डलर नाघेको थियो । जसका कारण कम्पनीको कूल बजार मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो ।

सन् १९७६ मा स्टिभ जब्सले पर्सनल कम्प्युटर निर्माणका लागि स्थापना गरेको एप्पल स्थापनाको ४२ वर्षमा दश खर्ब डलरको कम्पनी बन्न सफल भएको हो । कम्पनीको शेयर मूल्यमा सन् २०११ यता २ हजार प्रतिशतले वृद्धि भएको छ । सोही वर्ष जब्सलाई प्रतिस्थापन गर्दै टिम कुक एप्पलको सीर्इअाे बनेका थिए ।

एप्पलले १० खर्ब डलर मूल्य कायम गरी राखेको कीर्तिमान यसअघि कसैले पनि आधिकारिक रुपमा कायम गर्न सकेका छैनन् । यद्यपि, सन् २००७ मा पेट्रो चाइना कम्पनी विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी बनेको दाबी गरिएको थियो । तर कम्पनीको केवल २ प्रतिशत शेयर मात्र सर्वसाधारणका लागि जारी गरिएको अवस्थामा उक्त दाबी अविश्वसनीय देखियो ।

यस्तै साउदी अरबको नेसनल आयल कम्पनी साउदी अराम्को विश्वकै पहिलो २० खर्ब डलरको कम्पनी बन्ने क्रममा रहेको बताइन्छ । यदी अराम्कोले पब्लिक शेयर जारी गरेमा कम्पनीको मूल्य २० खर्ब डलर पुग्ने दाबी गरिएको भए पनि यो अझै हेर्न बाँकी नै छ ।

स्मरणरहोस्, यसहप्ता एप्पलको शेयर मूल्यमा देखिएको उच्च वृद्धि मंगलबार कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तिय रिपोर्टको परिणाम भएको विश्लेषकहरुले बताएका छन् । रिपोर्ट अनुसार पछिल्लो तीन महिनामा एप्पलले ११ अर्ब ५० करोड मुनाफा कमाएको छ । यस अवधिमा एप्पलले ५३ अर्ब ३० करोड मूल्यको व्यापार गर्न सफल भएको छ ।

गत वर्ष एप्पलले २ सय २९ अर्ब डलरको व्यापार गर्न सफल भएकोमा झण्डै ४८ अर्ब डलर नाफा कमाएको थियो ।

यस्तो छ एप्पलको सफलताको इतिहास

सन् १९७६ मा स्थापना

सन् १९८० डिसेम्बर १२ मा पब्लिक कम्पनीको रुपमा शेयर बजारमा प्रवेश । पहिलोपटक प्रतिशेयर मूल्य ०.५१ डलर ।

सन् १९८५ मा व्यवस्थापनमा भएको खटपटसँगै अध्यक्ष स्टिभ जब्सले एप्पल कम्पनी छाडे ।

सन् १९९७ मा पुनः एप्पल प्रवेश गरेका स्टिभ जब्स सिइओमा नियुक्त ।

सन् १९९८ मा आइम्याक जी थ्री सार्वजनिक

सन् २००१ मा आइपड सार्वजनिक ।

सन् २००७ मा आइफाेन सार्वजनिक ।

सन् २०११ मा बिरामी भएसँगै स्टिभ जब्सद्वारा सीर्इओबाट राजीनामा, टिम कुक नयाँ सीर्इअाे बनेका ।

सन् २०१५ मा एप्पल ७ खर्ब डलरभन्दा अधिक मूल्ययुक्त विश्वको पहिलो कम्पनी बन्न सफल ।

सन् २०१८ मा १० खर्ब डलर मूल्यको पहिलो कम्पनी बन्न सफल ।

दी गार्जियनको सहयोगमा

२०७५ साउन १८ गते ११:०१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • sam लेख्नुहुन्छ    |   २०७५ साउन १८ गते ११:२७

    Moderator, yo wrong ho. Apple sansarkai pailo trillion dollar company haina. America ko chai first ho. Agi pani thiye trillion dollars ko company. Jastai China petrol. Mulya Kai rup ma herne ho vane 20 kharab ka bank haru pani chhan sansaar maa. Maathiko sachchyaiyos. Thank you

    0
    0
    Share

  • Sam लेख्नुहुन्छ    |   २०७५ साउन १८ गते ११:२९

    Yo wrong ho. Apple sansarkai pailo trillion dollar company haina. America ko chai first ho. Agi pani thiye trillion dollars ko company. Jastai China petrol. Mulya Kai rup ma herne ho vane 20 kharab ka bank haru pani chhan sansaar maa. Maathiko sachchyaiyos. Thank you

    0
    0
    Share

  • ratan silwal लेख्नुहुन्छ    |   २०७५ साउन १८ गते १२:००

    appal moblie ko ali mulya badhi bhayo janta lai subidha dinu paryo. aru saman pani rekhdekh ma garnu hola.

    1
    0
    Share

  • ratan silwal लेख्नुहुन्छ    |   २०७५ साउन १८ गते १२:१४

    mero iphon ko appal id birser gharma rakheko chhu
    kin bhane iphon 5s ho 3 mahina bhayo purano appal
    id hatayar new kasri rakhne mail moblie baun dharai pasal ma lage kasaile sakan tarika batai dinu paryo
    namskar mero moblie -n-9841606545 ho

    0
    5
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this