Comments Add Comment

रोहित एकदिवसीय खेल्ने चौथो कान्छा खेलाडी

१८ साउन, काठमाडौं । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा मौका पाएका नेपालका रोहितकुमार पौडेल एकदिवसीय क्रिकेट इतिहासकै कान्छा खेलाडीको सूचीमा चौथो नम्बरमा परेका छन् ।

नेदरल्याण्ड्ससँगको पहिलो खेलमा घाइते भएका शरद भेषावकरको स्थानमा शुक्रबारको खेलमा मौका पाएका उनी १५ वर्ष ३ सय ३५ दिनको उमेरमा मैदान उत्रिएका हुन् ।

सबैभन्दा कान्छा खेलाडीको सूचीको शीर्ष स्थानमा भने पाकिस्तानका क्रिकेटर हसन राजा रहेका छन् । राजाले १९९६ मा जिम्बावेविरुद्ध १४ वर्ष २ सय ३३ दिनको उमेरमा डेब्यू गरेका थिए ।

दोस्रोमा केन्याका गुरदिप सिंह रहेका छन् । उनले २०१३ मा अफगानिस्तानविरुद्ध १५ वर्ष २ सय ५८ दिनको उमेरमा खेलेका थिए । तेस्रो नम्बरमा क्यानडाका नितिश कुमार रहेका छन् । उनले २०१० मा अफगानिस्तानविरुद्ध १५ वर्ष २ सय ७३ दिनको उमेरमा डेब्यू गरेका थिए ।

शुक्रबार नेदरल्याण्ड्सको एमस्टलभिनमा टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुवात कमजोर भएको छ । पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment