Comments Add Comment

जोशी किन अस्वीकृत हुनुमा नेकपाले दियो ५ कारण

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ ।

प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो ।

सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) र फोरमका सांसदहरुले जोशीको विक्षमा मत दिएका थिए ।

बैठकपछि समिति सदस्य योेगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारणहरु सुनाए ।

तर्कहरु

१. प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।

२. सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।

४. जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको ।

५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment