बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

मार्क्सको समाधिस्थलमा ‘कमरेड भाउजू’

Suzuki
कृष्ण बजगाईं


कालो बादल आकाशमा मडारिइरहेको छ । कतिखेर पानी दर्कने हो ठेगान छैन । उसै पनि बिबिसीको मौसमी भाविष्यवाणीले बिहानको एघार बजेपछि दिनभर वर्षा हुन्छ भनेकै छ । पानीका कारण घरबाट हतारहतार तयार भएर निस्कन्छु । घरबाट आठ मिनेटजतिको पैदल यात्रा छ ट्रेन स्टेसनसम्मको । लामा फड्को मार्दै छु । आजको यात्रामा साथ दिएकी छिन् कमरेड भाउजूले ।

ट्रेन स्टेसनमा खासै भीडभाड छैन । अफिस र स्कुल जानेहरूले हो ट्रेनमा भीडभाड बढाउने । त्यो समय बितिसक्यो । पौने नौ बजेको ट्रेने गुड्यो । कमरेड भाउजूलाई बाटाभरि हातैमा समातेको थिएँ । टे«नमा सिट खाली देखियो । छेउको सिटमा राखेँ ।

यो हतारको यात्रा हो कार्ल मार्क्सको समाधि स्थलसम्म । त्यहाँ पुग्न करिब पैताँलिस मिनेटको एउटा ट्रेन यात्रापछि फेरि अर्को ट्रेन बदल्नुपर्दछ । दोस्राे ट्रेनको यात्रा करिब दश मिनेटको छ । स्टेसनमा उत्रेपछि दश/पन्ध्र मिनेट पैदल हिँड्नुपर्दछ । यति सामान्य जानकारीको भरमा यात्रामा निस्केको छु । बाँकी जे होला देखा जाएगा ।

लामो ट्रेन यात्रामा समय कटाउन कोटको खल्तीबाट आइफोन झिकेँ र इमेल चेक गरेँ । केही इमेलहरूको जवाफ फर्काएँ । त्यसपछि फेसबुक लगइन गरेँ । केही फेसबुके साथीहरूको जन्मदिन देखायो ।

चिहानघारीमा कुनै शुभकार्य हुन सक्छ ? अन्धविश्वासलाई च्यालेन्ज गर्न मैले मार्क्सबाटै सिकेको हुँ । मार्क्सकै समाधिस्थल अगाडि उभिएर पुस्तक विमोचन गर्ने भएपछि अरूलाई किन सोधूँ ? उनले नै भनेका छन्– धर्म भनेको अफिम हो

तीमध्ये आधाभन्दा बढीलाई चिनेको छैन । कहिल्यै भेटेको पनि छैन । तर पनि, लामो समयदेखि फेसबुक मित्र भएको नाताले आफ्नैजस्ता लाग्दछन् तिनीहरू । दुःखसुख बराबर बाँड्ने गरेका छौँ फेसबुकमै । फेरि फेसबुक पनि एउटा समाज जस्तो भइसक्यो आजकल । भच्र्युयल समाज । त्यही समाजको असल सदस्यको नाताले औपचारिकता पूरा गर्न भटाभट शुभकामना दिएँ ।

ट्रेन ठाउँठाउँमा यात्रु चढाउँदै उतार्दैै दौडिरहेको छ, आफनो समयमा । अझ भनौँ ठीक समयमा रोकिँदै दौडिँदै । अपवादबाहेक बेलायतमा ट्रेनलाई हेरेर घडीको समय मिलाए हुन्छ । उसो त घडीले पनि सधैँै ठीक समय कहाँ दिन्छ र ? राम्रै चलिरहेको घडी बिग्रेर कुनै पनि बेला बन्द पनि हुनसक्छ । मानिसको ज्यान पनि एकैछिनमा के हुन्छ कसलाई थाहा ? कुनै चिजको ग्यारेन्टी छैन यो संसारमा । ट्रेनको के कुरा ?

फेसबुक लगआउट गरेँ । सरसर्ती नेपालका समाचारको पोर्टलहरुमा आँखा डुलाएँ । उही संविधान सभाको किचकिच, महँगी, बेरोजगारी, बन्द हडताल, खाना पकाउने ग्याँसको अभाव । झर्को लागेर समाचार पढ्न छाडेँ ।

आइफोन बन्द गरेर कोटको खल्तीमा राखेँ । कमरेड भाउजूलाई सुमसुम्याउँदै काखमा राखेँ । झ्यालबाट बाहिर हेरेँ । सूर्यनारायणको अत्तोपत्तो छैन । धुम्म अँध्यारो जस्तो छ । मानिसहरूको खासै भीड छैन बाटामा । जनवरी महिनाको उराठलाग्दा छोटा दिन । पानी र हिउँको बारम्बार दर्शन पाइन्छ तर सूर्यनारायणको दर्शन दुर्लभ हुन्छ जाडो महिनामा । यी सबै हेर्ने बानी परिसक्यो ।

ट्रेन अन्तिम गन्तव्यमा रोकिएको कुरा फटाफट मानिसहरू उत्रेपछि थाहा पाएँ । अब अर्को ट्रेन बदल्नुपर्ने भयो । अगि आएको जमिनमाथि माथि दौडने ट्रेन थियो । अबको ट्रेन जमिनमुनि चल्ने ।

जमिनमुनि ट्रेन चलेपछि नेटवर्क सिग्नल हुँदैन । फोनले खेलौनाको काम मात्रै गर्दछ, गेम खेल्ने । गेम नखेल्नेले अँध्यारो सुरुङमार्गभित्र चल्ने ट्रेनस्टेसनको उज्यालामा देखिने मानिसहरू र त्यस स्टेसनको भित्तामा टाँसिएका ठूलठूला विज्ञापनका पोस्टर हेरेर चित्त बुझाउँदछन् ।

यात्रा छोटो थियो । करिब दश मिनेटमै स्टेसनमा उत्रिएँ म । मान्छेको भीड छिचोल्दै बाहिर निस्केँ । जमिनमुनि चल्ने ट्रेनलाई ट्युब भनिन्छ लन्डनमा । हरेक ट्युबमा मान्छेको भीड अचाक्ली हुन्छ । नहोस् पनि किन ? एक सय बाउन्न वर्षअघि बनाइएको सुविधा अहिलेको बढ्दो जनसङ्ख्याको अनुपातमा कसरी पुगोस् ?

बहिर निस्केपछि आइफोनले सिग्नल टिप्यो । एउटा टेक्स्ट म्यासेज आएको रहेछ ।

‘तपाईं कता ?’ साथी जोनाथनले पठाएको ।

उसलाई थाहा थियो आज मेरो छुट्टी हो भनेर ।

‘चिहानघारीमा’ छोटो एसएमएस पठाएँ ।

‘कसको निधन भयो ?’ उसले दुःखी हुँदै सोध्यो ।

‘विस्तृत भरे भनौँला’ यति लेखेर मैले कुरा टुङ्ग्याएँ ।

ट्रेन स्टेसनबाट करिब दश/पन्ध्र मिनेट हिँडनुपर्ने कार्ल मार्क्सको समाधि स्थल पुग्न । यति मात्रै थाहा थियो मलाई । बाटो थाहा थिएन ।

प्रविधिले सजिलो बनाइदिएको छ । खल्तीबाट फोन झिकेँ । जानुपर्ने ठाउँको ठेगाना टाइप गरेँ । गन्तव्य १२ मिनेट टाढा रहेको जनायो । त्यसले देखाएको बाटोमा अगाडि बढेँ । एक सय मिटर ठीकअगाडि गएपछि देब्रे मोडिनू भन्यो; म देब्रे लागेँ । त्यसपछि सीधै जानू भन्यो; त्यतै लागेँ । बाटामा खासै मानिसहरू छैनन् । अलिक बेरपछि दाहिने मोडिनू भन्यो; मैले सो आज्ञा पालन गरेँ र अगाडि बढदै गएँ ।

करिब सात/आठ मिनेट हिँडेपछि एउटा पार्क अगाडि पुगेँ । दिशा निर्देश गर्ने गुगल म्याप पनि अलमल पर्‍याे । एकैछिनमा फेरि नयाँ बाटो बतायो । पार्कबाट दाहिने जाऊ । करिब सय मिटर दाहिने गएपछि देब्रे जाऊ भन्छ । उसको गन्तव्य त उही अगि आएको ट्रेन स्टेसनतिर पो देखायो । म फेरि पार्कको गेट अगाडि फर्केँ ।

बिलकुलै मानिसहरूको चहलपहल छैन पार्कअगाडिको गल्लीमा । कोही बाटामा हिँड्लान् र ठेगाना सोधुँला भनेर पर्खेर बसेँ । सानो बच्चालाई डोर्‍याएर आउँदै गरेकी एक अङ्ग्रेज महिलालाई परैबाट देखेँ । पार्कअगाडि आइपुगेपछि अङ्ग्रेजीमा सोधेँ ।

‘तपाईंलाई थाहा छ, कार्ल मार्क्सको समाधिस्थल ?’

यो पार्कभित्रबाट जानुपर्दछ । बाहिर निस्कने बित्तिकै तपाईंको देब्रेमा एउटा गेट हुनेछ । त्यहाँबाट भित्र पस्नोस्, त्यहीँ कार्ल माकर््स बाँचिरहेका छन् । कुराबाट लाग्दथ्यो उनमा कार्ल मार्क्सप्रति सम्मान छ ।

धन्यवाद भनेँ मैले ।

(तपाईं भारतीय हो ?) उसले सोधी ।

(नेपाली हो) भनेँ ।

(तपाईं माओवादी हो ?) फेरि सोधी ।

(हैन) हैन, म सामान्य मानिस हुँ । कुरा यतिमै टुङ्ग्याएर बिदा मागेँ अनि उसले भने अनुसार पार्कभित्र छिरेँ ।

हिउँदमा पात झरेका उजाड रूख र हिउँले खाएर कक्रिएका भुइँका घाँस वसन्त पर्खिरहेका थिए । छोटो पैदल यात्रा रहेछ, करिब तीन/चार मिनेटमै पार्कबाहिर निस्कँे ।

देब्रेपट्टि एउटा गेट थियो । भित्र प्रवेश गरेँ । गेटमा बसेको व्यक्तिलाई भित्र जान चाहेको कुरा बताएँ । उसले एउटा हातेपर्चा थमाउँदै भन्यो चार पाउन्ड शुल्क लाग्दछ । पैसा तिरेर भित्र प्रवेश गरेँ । हातमा भएको पर्चामा समाधिस्थलको बारेमा सामान्य जानकारी थियो । भित्री पानामा भएको नक्सा पल्टाएर कार्ल मार्क्सको समाधिस्थल खोजेँ । गेटबाट दुई मिनेट पनि नलाग्ने रहेछ । एकैछिनमा पुगिहालेँ ।

वरिपरि विभिन्न व्यक्तिहरूको समाधिस्थल भएको ठाउँमा कार्ल मार्क्स विशाल अजङ्गको अर्धकदको सालिक ठडिएको देखेर अचम्म लाग्यो । शरीरमा एक प्रकारको तरङ्ग पैदा भयो । मुट्ठी कसेर हात उठाउनुपर्दथ्यो होला, अगाडि पुगेपछि श्रद्धाले मेरो शिर निहुरियो । नमन गरेँ महान् व्यक्तित्वलाई ।

खास गरी कमरेड भाउजूलाई कम्युनिस्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको सालिक देखाउनु थियो । अझ भनौँ कार्ल मार्क्सलाई कमरेड भाउजू देखाउनु थियो । कमरेड भाउजू र कार्ल मार्क्सको भेटघाट भएको कुरा संसारलाई देखाउनु थियो । संसारलाई देखाउने प्रमाणका रूपमा फोटो खिच्नु थियो । तर, त्यहाँ म एक्लै गएको थिएँ ।

त्यस सुनसान समाधि स्थल वरपर हेरेँ । त्यहाँ बिलकुल मुर्दा शान्ति थियो । फोटो खिचिमाग्नुपर्‍याे कोही छन् कि भनेर नजर लगाएँ ? करिब दश मिनेट यता हेरेँ; उता हेरे अहँ, कोही देखिएनन् । फर्केर गएँ गेटमा । टिकट काट्ने व्यक्तिलाई नै अनुरोध गर्नुपर्‍याे भनेर ।

अठार÷बीस वर्षका दुई जना गोरी युवती क्यामेरा बोकेर मूल गेटबाट भित्र पस्दै गरेको देखेँ । म टक्क अडिएर वरपरको फोटो खिच्न थालेँ । उनीहरू पनि फोटो खिच्दै थिए । फोटो खिचिदिन अनुरोध गर्ने अनुकूल समय पर्खिरहेको थिएँ । उनीहरूले फोटो खिचिसकेछन् क्यारे । त्यहीँबाट फर्कन लागेको देखेपछि अनुरोध गरेँ ।

एउटा कालो कपाल भएको विदेशीले मस्त तरुनीलाई गरेको सो अनुरोधले उनीहरू धकाए । जवाफ नै दिएनन् । म आफू लेखक भएको र मेरो पुस्तक यहीँबाट सार्वजनिक गर्न चाहेको बताएँ । र पुस्तक देखाएपछि कार्ल मार्क्सको समाधिस्थलसम्म गएर फोटो खिचिदिन राजी भए । उनीहरूले मेरो आइफोनबाट धित मरुन्जेल मेरो फोटो खिचिदिए । खिचेको फोटो पटक पटक देखाउँदै कति फोटो खिचे, खिचे ? आखिर जति पटक खिचे पनि म उही हुँ, मार्क्सको सालिक उही थियो । धुम्म परेको दिन र एन्टिलाइट परेर भनेजस्तो राम्रा फोटा आएनन् । जे आयो त्यसैमा चित्त बुझाएँ र उनीहरूलाई धन्यवाद दिएर बिदा गरेँ ।

त्यहीँबाट मेरो पुस्तक कमरेड भाउजू आफैँले विमोचन गरेँ भनेर फेसबुकमा र ट्विटरमा फोटो पोस्ट गरेँ । त्यसपछि मार्क्सको समाधिस्थल वरपर ककसका समाधि रहेछन् भनेर हेर्न निस्केँ ।

सन् १८३९ देखि सञ्चालनमा आएको यो विशाल समाधिस्थलमा धेरै नाम चलेका लेखक, विद्वान्, कलाकार, राजनीतिकर्मी, वैज्ञानिक आदिको समाधिस्थल रहेछ । सैँतीस एकड जमिनमा फैलिएको रहेछ । बाउन्न हजारवटा समाधिस्थलमा एक लाख अठसट्ठी हजार जना समाधिस्थ गरिएको रहेछ । कतिपय परिवारको एउटै समाधि स्थल हुँदो रहेछ । जिउँदो हुँदा सँगै रहेका परिवार मृत्युपछि पनि सँगै समाधिस्थ गर्ने यो चलन मलाई मन पर्‍याे । परिवारको साथ जन्मदेखि मृत्युसम्म !

दार्शनिक कार्ल मार्क्सको समाधिस्थलको जग्गा जिन्दगीभर साथ दिएका उनका प्रिय मित्र र कम्युनिस्ट दर्शनका प्रवर्तकमध्येका एक एङ्गेल्सले किनिदिएका रहेछन् । सन् १८८३ मा निधन भएर समाधिस्थ गरिएका मार्क्सको त्यहाँ सन् १९५६ मा विशाल ठूलो सालिक बनाइको रहेछ ।

मार्क्सको समाधिस्थलको अर्कोपट्टि नजिकै अफ्रिकन कम्युनिस्ट पार्टीका नेता युसुफ डादु, क्लाउडिया जोन्सलगायतका समाधिहरू रहेछन् । रमाइलो रोचक कुरा के छ भने जिन्दगीभर मार्क्सका कट्टर विरोधी, आलोचक तथा राजनीतिक विचारक हर्बट स्पेनसरको समाधिस्थल भने मार्क्स ठीकअगाडि रहेछ । परस्पर विरोधी तथा आलोचकको समाधिस्थल यसरी आमनेसामने राख्नु भनेको स्वर्गमा पनि विरोध र तर्क गरिरहुन भन्ने त होला नि । आफ्नै तर्कले एकछिन त मनमनै हाँसो पनि उठ्यो ।

हुन त त्यहाँबाट मार्क्सको सालिक हटाउन कम्युनिस्ट विरोधीहरूले बेलाबेलामा विरोध पनि गर्दा रहेछन । सन् १९७० बम प्रहार गरेर ध्वस्त बनाउन खोजिएको र सन् १९८१ मा तोडफोड गरेर नष्ट गर्ने प्रयास गरिएको रहेछ तर दुवै योजना सफल भएनछन् । आजकल पनि बेलाबेलामा त्यो सालिक हटाउन विरोध गर्दा रहेछन् । यस्तो घटना थाहा पाउँदा नेपालमा प्रथम जनआन्दोलन ०४६ र दोस्रो जनआन्दोलनको समयमा तोडफोड गरिएका सालिक सम्झन्छु । सालिक भत्काएर विचार कहाँ मर्दछ र ? त्यो त क्षणिक आवेगबाहेक केही होइन । वरपर घुमी ककसका सालिक रहेछन् हेर्दै थिएँ । पानीका मसिना छिटा बर्सन थाले । हतारहतार ट्रेन स्टेसनतर्फ दौडिएँ । ट्रेन स्टेसन पुगरे भिजेको कपाल र लुगा टकटक्याएँ ।

पाँच मिनेटपछि ट्रेन आउने सूचना मोनिटरमा डिस्प्ले भएको थियो । आइफोन खल्तीबाट झिकेर फेसबुक लगिन गर्ने विचार गरेँ । जमिनमुनि भएकाले नेटवर्क सिग्नल थिएन । त्यो त भुसुक्कै बीर्सेछु । त्यसपछि अगि खिचेका फोटाहरू हेर्न थालेँ । हेर्दाहेर्दै यति मग्न भएछु कि ट्रेनबाट उत्रेका मानिसको भीडले धक्का दिएपछि मात्र थाहा पाएँ ट्रेन त प्लेटफर्ममा अगि नै आइसकेको रहेछ ।

करिब दश मिनेटपछिको छोटो यात्रापछि अर्को ट्रेन बदल्नु थियो । अब जमिनमाथि चल्ने ट्रेनमा चढेँ । जमिनमाथि चल्ने ट्रेन भएकाले टेलिफोनमा सिग्नल मज्जाले पक्डियो । हतारहतार फेसबुक लगिन गरेँ । अहो कति धेरै लाइक, कमेन्ट्स आएका ? धेरैले पुस्तक विमोचनबारे हृदयदेखि शुभकामना र बधाई दिएका थिए ।

फेसबुकका एक जना मित्रले लेखे– ‘किन कार्ल मार्क्सको समाधिस्थलमा कथासङ्ग्रह विमोचन गरेको ?’

मैले जबाफ दिएँ– यसको बारेमा कुनै दिन लेखुँला ।

‘प्रमुख अतिथि छैन; सभापति छैन; कार्यक्रमको ब्यानर छैन; आफैँले आफ्नो पुस्तक विमोचन गर्ने यो कुन चलन हो ?’ एक जना ढर्रावादी लेखकले इनबक्समा म्यासेज पठाए ।

उनलाई पनि अगि लेखेको जबाफको कपी गरेर टाँसिदिए र मनभरि अनेक थरीका कुरा खेलाउँदै ट्रेनको यात्रामा पुस्तक विमोचनको उत्साहले मच्चिँदै आएँ । सर्जकभन्दा ठूलो अरूको हुन सक्छ ? आफूले बिहे गरेर ल्याएको दुलहीको घुम्टो उघार्न बाहिरको मान्छे बोलाउने ? आफूले जन्माएको सन्तानको मुहार हेर्न अरूको सहयोग लिने ? यस्ता विचारहरू केही वर्षदेखि मनमा आइरहेको थियो । एक दिन मैले निर्णय गरेँ ‘आफ्नो पुस्तक अबदेखि सके आफैँ विमोचन गर्दछु नसके अरूबाट मरिगए विमोचन गराउँदिन ।’ सोही पूर्वनिर्णयअनुरूप आफैँले आफ्नो कथासङ्ग्रह विमोचन गरेँ । हुन सक्दछ यो मेरा अराजक विचार हो । जसले जे भनून् म आफ्नो निर्णयमा अटल छु ।

त्यसो त कार्ल मार्क्सको समाधिस्थलमा कथासङ्ग्रह विमोचन गर्नुअगि धेरै पटक सोचँे । गर्नु कि नगर्नु भनेर कसैलाई सोधिनँ । यतिसम्म कि कथाकार श्रीमती र ठूला भएका छोराहरूलाई पनि सोधिनँ । न त मेरा साथीहरूलाई नै सोधेँ । ठाडो भाषामा भन्ने हो भने समाधिस्थल भनेको चिहानघारी । चिहानघारीमा कुनै शुभकार्य कसरी सम्पन्न हुन सक्छ ? यही परम्परामा हुर्केका मेरा परिवार र साथीभाइ । उनीहरूबाट आउन सक्ने नकारात्मक उत्तरका कारण कसैलाई सोधिनँ । अन्धविश्वासलाई च्यालेन्ज गर्न मैले मार्क्सबाटै सिकेको हो । मार्क्सकै अगाडि उभिएर आफूले लेखेको पुस्तक विमोचन गर्ने भएपछि अरूलाई किन सोधूँ ? मार्क्सले नै भनेका छन् धर्म भनेको अफिम हो ।

कथासङ्ग्रह त्यहाँबाट विमोचन गर्नुपर्ने धेरै कारण छन् । त्यसमा केही रोचक र अनौठो संयोग पनि छ ।

मेरो साहित्यिक यात्राको श्रेय मार्क्सवादी साहित्यलाई जान्छ । आठ कक्षा पढ्दादेखि नै लुकीछिपी मार्क्सवादी साहित्य पढ्ने गरेको थिएँ । त्यसैको निरन्तरताले मलाई साहित्यमा लाग्ने प्रेरणा र ज्ञान दियो । धन्य छु मार्क्सवादी साहित्यप्रति, जसले मलाई संसार बुझ्ने चेतना दियो ।

 

बेलायत आउनुअगि बेल्जियमको राजधानी ब्रसेल्समा बाह्रै्र वर्ष बसेँ । म बसेको ठाउँबाट बीस मिनेटको बसको यात्राबाट पुगिन्थ्यो, ब्रसेल्सको मुटु ‘ग्रेन्ड प्यालेस’ । त्यहाँ बाह्रै्रैमास पर्यटकको भीड हेर्नलायक हुन्छ । त्यहाँको चोक र पर्यटकको भीडभाड देखेपछि वसन्तपुर तथा पाटन दरबार स्क्वायरको झझल्को आउँदछ । त्यस स्क्वायरको दक्षिणपट्टि एउटा प्रसिद्ध क्याफे छ । त्यही क्याफेमा बसेर मार्क्स र एङ्गेल्सले विश्वलाई हल्लाउने कम्युनिस्ट घोषणापत्र लेखेका थिए । त्यहाँ अहिले पनि क्याफे र रेस्टुरेन्ट सञ्चालित छन् । त्यस्तो ऐतिहासिक क्याफेमा बसेर कैयौँँ पटक कफी पिउने सौभाग्य मिलेको थियो । एक पटक त त्यहीँ बसेर कफी पिउँदापिउँदै कविता पनि लेखेको थिएँ । म कति भाग्यमानी !

अझ रोचक कुरा भनूँ उक्त कथासङ्ग्रहका अधिकांश कथामा नेपालमा माओवादी द्वन्द्वकालको समयमा बेलायत पलायन भएका कमरेडहरू र केही कमरेडहरूबाटै पीडित पात्रहरू छन् । तीनीहरूलाई साङ्केतिक रूपमा कम्युनिस्ट दर्शनका प्रर्वतक मार्क्सको समाधिस्थलसम्म पुर्‍याउने चाहना थियो । त्यस्ता महान् दार्शनिक व्यक्तिबाट प्रभावित म । यस्तै प्रभाव र संयोगका कारण मैले सो कथासङ्ग्रह मार्क्सलाई स्मरण गर्दै उनैको समाधि स्थलबाट विमोचन गरेको हो । ट्रेनले आधा बाटो पूरा गरिसक्यो । बाहिर सिमसिमे पानी परिरहेको छ । ट्रेनमै समाचारपत्र र अनलाइन पत्रिकाकालागि पुस्तक विमोचनको समाचार खेस्रा बनाएँ ।

ट्रेनबाट उत्रने बित्तिकै स्टेसनमै फेरि फेसबुक खोलेँ । प्रशस्त बधाई र शुभकामना आएका रहेछन् । कसैलाई जबाफ नदिईकन आइफोन खल्तीमा हालेर पानीमा भिज्दै फटाफट घरतर्फ पाइला बढाए । घर पुगेपछि आफूलाई पुछपाछ गरेर अर्को लुगा लगाएँ । फटाफट कम्प्युटरमा विमोचनको समाचार टाइप गरेर पत्रपत्रिकामा पठाएँ । अनलाइन पत्रिकाले त उति नै खेर भटाभट समाचार छाप्न थाले । फेसबुकमा हल्लाखल्ला भएको त्यो अनौठो खालको पुस्तक विमोचनको समाचार कुरेर बसेका रहेछन् जस्तो लाग्यो अनलाइन पत्रिकाका सम्पादकहरू ।

पुस्तक विमोचनको समाचारले यति धेरै महत्व पायो कि म आफैँ छक्क परेँ । मैले थाहा पाएसम्म नेपालका राष्ट्रियस्तरका दैनिक, साप्ताहिक पत्रिकामा र अनलाइनमा गरी पचासी वटामा समाचार आएको रहेछ । सबै पत्रकार मित्रहरूले ठूलो गुन लगाएर सहयोग गर्नुभयो । आएजति सबै समाचारलाई फेसबुकमा राखेँ । कति मित्रहरूले त्यही समाचारका मुनि प्रतिक्रिया लेखे ‘अब त किताबै नपढे हुने भयो । …. पुस्तकको समीक्षा, टिप्पणी पत्रिकामा नछापिए पनि पुस्तकले राम्रै बजार पाउने भयो… आदि आदि ।’

यस पटक सोसियल मिडियाले तुरुन्त पार्ने प्रभाव र त्यसको व्यापकताबारे प्रत्यक्ष अनुभव गरेँ । धेरै दिनसम्म एउटा सफल काम सम्पन्न भएको आनन्दको अनुभूतिले तरङ्गित भइरहेँ ।

२०७५ साउन १९ गते १०:३१ मा प्रकाशित (२०७५ साउन २० गते १३:०३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१० प्रतिकृयाहरू प्राप्त
  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते ११:००

    त्यहीँबाट मेरो पुस्तक कमरेड भाउजू आफैँले विमोचन गरेँ भनेर फेसबुकमा र ट्विटरमा फोटो पोस्ट गरेँ ।
    ___________________________________________________________
    हाम्रो झापा तिर २०२७ २०२८ मान्छे काट्ने अभियान थियो , स्कुले केटाकेटिको किताब मा गाता लाउने चाइनिज रंगिन पत्रिका देखाउंदै पाडाजुंगी झापा कै एक मित्र ले भने “हेर लागौ कम्न्युस्ट पार्टीमा, देश कम्न्युस्ट भयो भने धनी गरिब बराबर , यो पत्रिकाका फोटा जस्तै देश हुन्छ”
    जे होस मेरा मित्रहरु चाइनिज रंगिन पत्रिका देखेर, हेरेर कमन्युष्ट बन्नु भयो, बाबू आमा को काज क्रिया तर्पण पिण्ड श्राध्द केहि गर्दैन तर लेखक श्री कृष्ण बजगाईं सरको जस्तो मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, लिनप्याओ, चाउएनलाइ, होचिमिन्ह,किम इल सुङ्ग, गोन्जालो, चेक्वोबारा, क्यास्ट्रो, का फोटा टासेर नछुटाई बर्षिकी मनौञ्छन, त्यो पनि एक किसिम को पुरेत र पिण्ड बेगर कै श्राध्द होला । जे भए पनि लेखक श्री कृष्ण बजगाईं सरले पनि राम्रो काम गर्नु भएछ पवित्र चिहान माथि आफ्नो कृति बिमोचन गर्नु भएछ – अति राम्रो, बुर्जुवा संकृति भन्दा त्
    अस्ति नेपाल मा पनि सम्माननीय प्रधानमंत्री ज्यु र नेकपा अद्यक्ष प्रचण्ड ज्यु बीच लेनिनको फोटो छुटेको बिषयलाइ लिएर दिन तिनेक गलफत्ती भयो
    अब हम्रो देश मा पनि कमंनुस्ट साशन आएको छ हेरौ “चीन सचित्र” पत्रिका जस्तै देश होला कि ? कि कांग्रेस कामै गर्न दिएन भनेर सबैले उन्मु क्ति पाउने हुन
    ल है आदरणीय लेखक श्री कृष्ण बजगाईं सर हेर्दै जाउ

    8
    0
    Share

  • प्रज्वल नेपाल, धनकुटा लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १२:२७

    बजगाईंजी मार्क्सबाट प्रभावित हुनुहुँदो रहेछ , खुशी लाग्यो | हुन त कम्युनिस्टहरुको भुमि धरानबाट मार्क्सको जन्मभूमि जर्मनी, बेल्जियम हुँदै लण्डनसम्मको बसाई को प्रभाव पनि होला | मार्क्ससम्बन्धी जानेका, बुझेका अझै धेरै कुरा आवोस , शुभकामना !!!

    2
    6
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १५:१०

    Some TRUE facts about the Cult Personality and Communist Manifesto writer Karl Heinrich Marx or Karl Marx:
    His theory of historical materialism was not published because he couldn’t find a willing publisher, that was not published until after his death.
    Marx was German, went to Belgium but later he expelled from there. He went to France, anticipating a socialist revolution, but was deported from there as well and went to London stayed there as a refugee because Britain denied him citizenship, he remained in London until his death on March 14, 1883. While his original grave had only a nondescript stone, the British Communist Party of erected a large tombstone, including a bust of Marx, in 1954. The stone is etched with the last line of The Communist Manifesto (“Workers of all lands unite”).

    His dream of a utopia led to millions of deaths at the hands of tyrants. Communist regimes produced the greatest ideological carnage in human history, killing more than a hundred million people in the last century. The seeds of tyranny were there from the Karl Marx’s Das Capital which was the start.
    Although any Nepali communist people (Nepal Communist Party = Maoist + UML ) can claim that Marx never intended for his doctrines to spur perpetual dread in hundreds of millions of victims. But it was criminally naive to expect happy results from any system that bestowed boundless power on rulers (Mao, Lenin, Stalin, Kim Il Sung, Castro, Chucesku, Khrushchev, Ho Chi Min, Prachanda, Oli, Baburam Bhattarai etc). As a victim of Maoists terror and communist terror in Nepal, I never forget that a philosophy that begins with Karl Marx idealizing government will end by idealizing subjugation.

    5
    2
    Share

  • ह्वाकुको क़ाइलो लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १५:२२

    ए बेलायतमा पो रहेछ त्यो सालिक – मत चीन, रुस, ऊ.कोरिया तिर पो होला भन्थे, अब हाम्रो ह्वाकुका प्रधानमन्त्रि लण्डन जादा त्यहा पनि जानु होला आफुलाई कर्म सिकाउने ठुला गुरुको समाधि मन्दिरमा । सृडीका शाही बाबाको समाधिमा त् सुनको मुकुट र सुन कै जलप लगाएको शिह्नासन थियो तर त्यहाँ त् केहि रहेनछ । जे भए पनि संसारलाइ राज गर्ने कसरी, के भन्ने, के गर्ने भनी सिकाउने ठुलै गुरू हुन् , बिकास भनेको त् आँफै भै हाल्छ नि धनी गरिब बराबर पारे पछि । लेख पढेपछि मलाइ पनि आङ्ग जिरिङ्ग झिरिङ्ग सिरिङ्ग सिरिङ्ग भयो जौं जौं लाग्यो तर भिसा दिदैनन होला गोराले । के गरूँ पुंजिबादीको देशमा पो परेछ ??

    3
    3
    Share

  • buddhi sagar ghimire लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १८:३९

    sarai ramro lekh

    3
    1
    Share

  • नुर नारायण न्हुछे राजोपाध्याय लेख्नुहुन्छ    |   २०७५ साउन २० गते ९:३६

    कार्ल मार्स्कको बारेमा दलामी सरको तर्क सग म नेपालमा नेकपाले दुइ ठाँऊ ( झापा एमाले र माओबादी ले) गरेका व्यक्ति हत्या, चीनको साँस्कृतिक क्रान्ति, स्टालिन र लेनिनले, पोलपोट, गोन्जालो, फाक रेबल गरेको नरसन्हारको उदारण सम्झेर कार्ल मार्स्कले प्रतिपादन गरेको कम्न्युजम नै एक करोड भन्दा बढी मान्छे को हत्याको कारक हो प्रामाणित हुन्छ

    2
    0
    Share

  • sam लेख्नुहुन्छ    |   २०७५ साउन २१ गते ६:२९

    When Marx died his disciple Engels ironically had to beg for money from his rich English cousins(capitalist) to arrange an honorable last rites for him, where it is said only 13 people were there when he was buried .
    Was he a genius or a mere copycat (alleged that his theory of dialectical Materialism popularly known as DIAMAT was originally put forward by Hegel and DAS CAPITAL still some tend to believe was a hagel’s brain child )

    3
    0
    Share

  • ह्वाकुको क़ाइलो लेख्नुहुन्छ    |   २०७५ साउन २१ गते ११:०२

    बेलामा पढीएन अंग्रजी – बोल्न त् आँउछ तर अंग्रजी लेख्न पढन आउन्दैन र पनि चोकपुरका हेडसरले यी साम सरको कमेन्ट उल्था गरिदिनु भयो
    ए राम!! राम !!!
    त्यत्रा हाम्रा ह्वाकुका पार्धानमन्त्रीज्यु ले मानेका गुरुका मलामी मात्र १३ जना , हेगेलको कुरानै बोकेका होलान हौ Sam सर , मान्छे पनि साधु जस्ता छन भिख माग्न के को लाज र अरुको नक्कल साधुले गरिहाल्छन हौ साम सर !!

    2
    0
    Share

  • कामरेड संघर्ष, रोल्पा लेख्नुहुन्छ    |   २०७५ साउन २१ गते ११:०८

    ब्रुजुवाहरु हाम्रो प्यारो मार्क्सलाई गाली गर्ने हैन , राम्रो हुदैन पनि , तिम्रो कांगेस को कोहो गुरु ?

    2
    1
    Share

  • डा .मधुकर दाहाल लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते ६:३०

    मलाई के थाहा छ भने हाम्रा राजा पृथिवी नारायण शाह बितेका १७७५ मार्क्स बितेका १८३९ पृथिवी नारायणको राजनैनितक विचार उनको दिब्य उपदेश मा छर्लंग छ संसारको master of politician आफ्नै देशमा जन्मनु भयको तर हाम्रा नेताहरु उनकै देशमा आफ्ना चेलाहरूको फोटो मा पुञ्ज गर्छन अनि आफ्नो सालिक भत्काऊछन् अनि यी नेता हाम्रा लागि कि उनका लागि

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this