Comments Add Comment

दीपकराज जोशी आइतबारबाट विदा बस्ने, मिश्रले पेशी तोक्ने


१९ साउन, काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा बस्ने भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । लगतै उनले राजीनामा नदिने र आफैं पेशी तोक्ने बताएका थिए ।

तर, भोलिबाट विदा बस्ने निर्णयमा पुगेका छन् । उनले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेको स्रोतले जनाएको छ ।

जोशी तत्कालका लागि विदामा बस्न लागेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

अब रोलक्रममा जोशीपछि रहेका न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment