Comments Add Comment

सेभिया फर्किए एलेक्स भिडाल

२० साउन, काठमाडौं । स्पेनिस फुल-ब्याक एलेक्स भिडान पुनः सेभिया फर्किएका छन् । सेभियाले ९.३५ मिलियन पाउण्डमा भिडाललाई क्लबमा ल्याउन स्पेनिस च्याम्पियन बार्सिलोनासँग सहमति गरेेको हो ।

२८ वर्षीय भिडाल सेभियाबाटै सन् २०१५ मा बार्सिलोना गएका थिए । उनले ४९ खेल खेले र चार गोल पनि गरे ।

उनी नाउ क्याम्पमा रहँदा बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे, स्पेनिस सुपर कप, क्लब वर्ल्डकप र युरोपियन सुपर कप जितेको थियो । बार्सिलोनाले आर्टुरो भिडाललाई ल्याएपछि एलेक्स भने सेभियातिर लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment