Comments Add Comment

फोटो पत्रकारलाई माधव नेपालको सुझावः नेपालको शान र मान तस्वीमा कैद गर्नुस्

२० साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैद गर्न फोटो पत्रकारहरुलाई सुझाव दिएका छन् ।

आइतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेता नेपालले नेपालका फोटो पत्रकारहरु विश्व फोटो प्रर्दशनीमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

एउटै तस्वीरले समग्रतालाई समेटन सक्नुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले बताए ।

फोटो पत्रकार क्लवले यस वर्षको उत्कृष्ट फोटोहरुको प्रर्दशनी गरेको हो । यही साउन १६ गतेबाट सूरु भएको प्रदर्शनी भोलि (सोमबार) सम्पन्न हुनेछ ।

आइतबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि फोटो प्रर्दशनीको अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment