Comments Add Comment

टिपरको ठक्करबाट हेटौंडामा एकजनाको मृत्यु

२० साउन, हेटौंडा । हेटौंडा-काठमाडौं बैकल्पिक मार्ग कान्ति लोकपथमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट गैरीगाउँतर्फ जाँदै गरेको ना४२प ७०७० नम्बरको मोटरसाइकललाई हेटौंडातर्फ आउँदै गरेको ना७ख ७३२३ टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

टिपरको ठक्करबाट घाइते भएका दुबैलाई उपचारको लागि चुरेहिल अस्पताल ल्याइए पनि मोटरसाइकलका चालक २६ वर्षीय टंक न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी गीता न्यौपानेको अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिपरका चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका क्रममा टिपरले नजिकैको बिधुत पोलमा समेत ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment