Comments Add Comment

एक नम्बरमा आइपुगे कोहली

२० साउन, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बनेका छन् ।

इंग्ल्याण्डसँगको पहिलो टेस्ट खेल ३१ रनले हारे पनि पहिलो इनिङमा १४९ र दोस्रो इनिङमा ५१ रन हानेका कोहली टेस्ट ब्याट्सम्यानको सूचिमा शीर्ष स्थानमा पुगेका हुन् ।

२९ वर्षका कोहलीले ३२ महिनादेखि शीर्ष स्थानमा रहेका अस्ट्रेलियन स्टीभ स्मीथलाई पछि पार्दै शीर्ष स्थान बनाएका हुन् । स्मीथ बल टेम्पिरिङका कारण एक वर्ष प्रतिबन्धमा रहेका छन् ।

सन् २०११ मा सचिन तेन्दुलकर शीर्ष स्थानमा रहेपछि कुनै पनि भारतीय ब्याट्सम्यान शीर्षमा पुगेका थिएनन् ।

कोहलीपछि स्मिथ रहेका छन् भने तेस्रो स्थानमा इंग्ल्याण्डका जोय रुट रहेका छन् । चौथोमा न्यू जिल्याण्डका केन विलियम्सन र पाँचौमा बल टेम्पिरिङकै कारण प्रतिबन्धमा रहेका अस्टे्रलियन ब्याट्सम्यान डेभिड वार्नर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment