बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

दुर्गम गाउँदेखि राष्ट्रसंघको अनुभव पुस्तकमा

Suzuki
अनलाइनखबर

काठमाडौं । नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पुर्‍यायो । एक्काइसौं सताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो । अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे ।

मध्यपहाडी जिल्ला गुल्मीको एउटा कमै सुनिएको गाउँबाट उठेका ती मानिसले कसरी त्यहाँसम्मको यात्रा तय गरे ? के कस्ता चूनौतिहरु सामना गरे ? र, अहिले नेपाली समाजले उनीबाट के कस्ता लाभहरु लिइरहेका छन् ? यी तमाम जिज्ञासाहरुको उत्तर दिनका निम्ति पब्लिकेशन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै नयाँ पुस्तक प्रस्तुत गर्नेभएको छ– ‘ग्लोबल सिटिजन फ्रम गुल्मी – माइ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेशन्स

पुस्तक हो कुलचन्द्र गौतमको जिवनी ।

संयुक्त राष्ट्रसंघको उपमहासचिव र राष्ट्रसंघीय वालकोष (युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी निभाएका गौतमका भोगाइ नै यस पुस्तकमा समेटिएका छन् ।

पुस्तकको प्रस्तावनामा राष्ट्रपति विद्यादेवी भण्डारीले युनिसेफमा गौतमको योगदानले संसारलाई आमा तथा वालवालिकाहरुका निम्ति अझ सुरक्षित स्थानमा परिणत गरेको उल्लेख गरेकी छिन् । ‘नेपालको शान्ति प्रकृयामा गौतमको संलग्नताले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रित गर्न सघाउ पुर्‍याएको छ,’ राष्ट्रपति भण्डारीको भनाइ छ, ‘अवकाशका दिनमा पनि अन्तर्राष्ट्रिय प्रशासनको अनुभव सहित नागरिक समाजको अगुवाका रुपमा योगदान दिइरहने गौतमको जीवनपथ अरुका निम्ति पनि अनुकरणीय हुनसक्छ ।’

आफ्ना सहकर्मीको जीवनी प्रकाशित हुन लागेकामा प्रसिद्ध विकास अर्थशास्त्री सर रिचार्ड जोलीले भूमिका लेख्दै विश्वका धनी मुलुकमा मध्यमवर्गीय सुविधा सहित जन्मेकाहरुको निम्ति यो जीवनी शिक्षा हुन सक्ने औंल्याएका छन् । ‘यस पुस्तकमार्फत विश्वकै नेताहरु र सेलिब्रिटीसँगको कुलचन्द्रका रोचक र गहिरो संसर्गका आनन्द पाठकहरुले पाउने छन्,’ उनले उल्लेख गरेका छन्, ‘नेपालको एउटा गाउँबाट उठेको व्यक्तिले यति उर्जा र दूरदर्शिता प्रस्तुत गर्नसक्छ भने विश्वका अन्यत्र जन्मेका मानिसहरुभित्र यसैगरि लुकेका प्रतिभा उजागर भइदिए झन कस्तो होला ?’

पुस्तक आगामी मंगलबार सार्वजनिक हुँदैछ ।

२०७५ साउन २० गते १९:०० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • लामाहाङ्ग ओख्राबू लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १०:३२

    यु एन को जागिर तलब, हेजार्ड भत्ता, पोष्ट एड्जस्मेंट भत्ता, द्वोन्द क्षेत्र भत्ता, राजसी र क्लिस्ट भाषा, लेसेपसे – डिप्लोमेटिक सुबिधा , ड्युटी फ्री सामान सोपिङ्ग , ५ स्टार होटेल को बास र मिटिङ्ग, बिजिनेस क्लासको हवाई यात्रा, छोरा छोरी अन्तरास्ट्रिय स्कुलमा महिनाको १००० डलर फि युएन तिर्ने , पेन्सन, संचय कोष, फ्री हेल्थ ट्रीटमेन्ट , डी एस ए (टिए डिए), होटल विल, ओफ़िसियाल लन्च डिनर, पार्टी, मंत्री प्रधानमन्त्रि, सचिब र समाजका उच्च वोहोदा संग बस उठ कुराकानी
    अनि काम के गर्ने त् : “हानुमान चालिसा” पढने याने आफु कार्यरत देश को सरकारलाई ससक्तिकरण गर्ने र उनीहरुलाई बिकाश गर्न लगाउने बिभिन्न रिपोर्ट, स्टडी, टक प्रोग्राम, सेमिनार, तालिम, गोष्ठी, अद्ययन भ्रमण , मिटिङ्ग , एकसं रिसर्च, अनुगमन, मुल्यांकन, पृष्ठपोषण, CDP, UNDAF, HDR, SWC , ग्लोबल हेल्थ , फुड, इन्भारोमेंट, लेबर आदि रिपोर्ट तयार पार्ने आदि काम नै हनुमान चालिसा याने कि EMPOWERMENRT काम हुन्
    “बिकाश युएन ले गर्ने होइन जनता ले हो” भन्ने

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this