Comments Add Comment

सहकारीका मुख्य सञ्चालक पक्राउ

सांकेतिक फोटो

२० साउन, विराटनगर । लाखौं घौटला गरी फरार प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेड मुख्य सञ्चालक ईश्वर श्रेष्ठ पक्राउ गरेका छन् ।

विराटगर-९ बाटारोडमा रहेका सहकारीका मुख्य व्यवस्थापक श्रेष्ठलाई पोखराबाट प्रहरीले पक्राउ गरेको हो । विशेष टोली परिचालन गरी श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता उवं प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिएका छन् ।

श्रेष्ठ बचतकर्ताले लाखौं अपचलन गरी फरार रहेका थिए । १३८ जनाले प्रहरीमा उजुरी दिएका थिए, त्यसअनुसार २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ व्यवस्थापनक श्रैष्ठले अपचलन गरेको देखिएको छ ।

प्रहरीका अनुसार सहकारीमा एक जना बचतकर्ताले १० लाख रुपैयाँसम्म बचत गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment