Comments Add Comment

आईजीपी खनालले गरे प्रहरी विद्यालयको निरीक्षण

२० साउन, काभ्रे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शैक्षिक क्षेत्रमा नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

नेपाल प्रहरी विद्यालय, साँगाको निरीक्षणपछि विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाको उपयोगिताको पहिलो पाटो नैतिक ज्ञानको उपयोग रहेको बताए ।

उनले भने, ‘सबै खाले शिक्षा विकास हुँदै गयो तर, नैतिक शिक्षा ह्रास भयो । जसले गर्दा गैरजिम्मेवार जनशक्ति, अापराधिक जनशक्ति र उपयोगविहीन जनशक्तिको उत्पादन दुःखदायी रुपमा विकास हुँदै गर्यो, यो ठुलो दुर्भाग्य हो ।’

‘अब नैतिक शिक्षाको पनि विकास हुनु पर्छ, समय अनुसार परिस्कृत हुदै जानुपर्छ’, उनले भने, ‘हामी प्रविधिको विकासको सदुपयोग भरपुर गरौं । तर, साइबर क्राइम गर्ने विद्यार्थीको उत्पादनमा रोक पनि सँगै गरौं ।’

नेपाल प्रहरी विद्यालय, साँगामा हाल १५ सय बढी विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रविराज खड्का, विद्यालय समादेशक डिएसपी श्याम अधिकारी लगायतले शैक्षिक र खेलकुदको क्षेत्रमा प्रहरी विद्यालयले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment