Comments Add Comment

छापामा आजः सहुलियतविना गरिबको छाप, बेरोजगारलाई निर्वाह भत्ता !


२१ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी ओमप्रकाश मिश्रलाई दिइएकोदेखि जाजरकोट पहिरोले भएको मानवीय एवं भौतिक क्षतिसम्मका विषय परेका छन् ।

त्यसैगरी, संसदीय समिति चलायमान हुन थालेको, बेरोजगारलाई निर्वाह भत्ता दिन लागिएको, निजी अस्पताल राज्यमातहत ल्याउन लागिएको लगायत समाचारले पनि आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा ठाउँ पाएका छन् ।

कालिकोटको पीली–पाखा सडक निर्माणको तस्वीर छापेको कान्तिपुरले बेरोजगारलाई सरकारले निर्वाह भत्ता दिन लागेको लेखेको छ । ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको नेतृत्व सम्हालेको, ड्रोन आक्रमणबाट भेनेजुएलाको राष्ट्रपति बालबाल बचेको खबरले पनि कान्तिपुरको पहिलो पृष्ठमा ठाउँ पाएको छ ।

अन्नपूर्णमा संसदीय समिति चलायमान हुन लागेको खबर छ । अन्नपूर्णमै नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब पुगेको समाचार छ ।

नयाँ पत्रिकाले सहुलियत दिने टुंगो नलगाइ सरकारले अपहेलित हुनेगरी गरिबको परिचयपत्र बाँड्न लागेको लेखेको छ । मानवशास्त्री डा. सुरेश ढकालले सरकारको यो कदमले हेपिने अर्को समूह तयार हुन लागेको टिप्पणी गरेका छन् ।

जाजरकोटमा आइतबार गएको पहिरोको विषयलाई मुख्य समाचार बनाएको नागरिकमा प्रहरीले नूरप्रसाद र गंगामायाको भेट गराएको समाचारलाई पनि छ ।

राजधानीमा सरकारले योगदानमा आधारित पेन्सन दिन लागेको समाचार छ भने गोरखापत्रले निजी अस्पताल राज्य मातहत ल्याउन प्रस्ताव गरिएकोलाई एंकर बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment