+
+

नयाँ शक्ति जुम्लाका पूर्वसंयोजक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १०:३६

२१ साउन, जुम्ला । नयाँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँडेका उनी जुगाड खोलामा मृत फेला परेका हुन् ।

उनको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

हाल केन्द्रीय परिषद सदस्यसमेत रहेका बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले गरे । उनले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ ।

प्रहरीले सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । जुम्ला प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?