Comments Add Comment

आजका पत्रपत्रिकाः अपहरणकारी मात्र होइन, प्रमाण मारियो

बहुविवाह र बालविवाह गरे रद्द


२२ साउन, काठमाडौं । भक्तपुरमा अपहरणपछि बालकको हत्या भएको र अपहरणमा संलग्न दुई व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएकोलाई आजका सबै दैनिक पत्रिकाहरुले मुख्य समाचार बनाएर छापेका छन् ।

केही पत्रिकाहरुले अपहरणकारी मात्र नभएर प्रमाणसमेत मारिएको भन्दै प्रहरी इन्काउन्टरको आलोचना समेत गरेका छन् ।

पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्काको अपहरणपछि हत्या भएको हो ।

अपहरणपछि बालकको हत्या भएको विषयमा केन्द्रित पत्रपत्रिकाहरुले  जिल्लास्थित कार्यालयहरु खारेज भए पनि कर्मचारी कामविहीन भएको, कोरिया जाने कामदारको लागत घटेको, बहुविवाह र बालविवाह गरे रद्द हुने भएको लगायत समाचारलार्इ पनि अाज उत्तिकै महत्त्व दिएर पहिलो पृष्ठमा समेटेका छन् ।

कान्तिपुरले ‘राजधानीमै बालकको अपहरण र हत्या’ शीर्षक दिएर उपत्यकाको शान्ति सुरक्षामाथि प्रश्न उठाएको छ । बहुविवाह र बालविवाह गरे अब रद्द हुने भएको अर्को समाचार पनि कान्तिपुरमा छ । जथाभावी संरचनाले खलंगा असुरक्षित भएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

भक्तपुरमा बालकको अपहरणपछि हत्या भएकोलाई मुख्य समाचार बनाएको अन्नपूर्णले विदेशीको शंकास्पद सम्पत्तिमाथि छानबिन शुरु भएको, नेकपाले पेरिसडाँडा निखन्ने तयारी गरेकोलगायत समाचार प्रकाशित गरेको छ । अधिकृतद्वारा अढाई वर्षमै ७ करोड भ्रष्टाचारलाई अन्नपूर्णले एंकर बनाएर छापेको छ ।

बालकको अपहरणपछि हत्या गर्नेहरुको इन्काउन्टर गरेर प्रहरीले गलत कदम चालेको निष्कर्ष नयाँ पत्रिकाले निकालेको छ । अपहरणकारी मात्र नभएर प्रमाणसमेत मारिएको भन्दै नयाँ पत्रिकाले बालक बचाउन नसक्नुको मूल कारण ओझेलमा परेको जनाएको छ ।

नागरिकले जाजरकोटका पहिरो पीडितको कथा छापेको छ भने राजधानीले प्रधानन्यायाधीश प्रकरणमा संसदमा जुहारी परेको लेखेको छ । गोरखापत्रले सुशासनमार्फत समृद्धि हासिल हुने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment