Comments Add Comment

आर्यनको अंगालोमा हट श्रृष्टी


असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को एक गीतमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ रोमान्टिक अवतारमा देखिएका छन् । हालै मात्र छायांकन गरिएको गीतमा श्रृष्टी हट अवतारमा देखिएकी छिन् ।

आर्यनको अंगालोमा बाँधिएकी श्रृष्टीको पहिरन बोल्ड छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । कुलेखानी र काठमाण्डौमा पाँच दिन लगाएर गीतको भिडियोे खिचिएको निर्देशक सविर श्रेष्ठले जानकारी दिएका छन् । गीतका लागि पनि निकै मिहिनेत गरिएको श्रेष्ठले जानकारी दिए ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको लगानी रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ । चलचित्रमा राजाराम पौडेल, रविन्द् प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment