+
+
Shares

सुनसरी-मोरङ सिचाइँ आयोजनाको नहरमा डुबेर एकै घरका दिदीभाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २२ गते १९:२४

२२ साउन, विराटनर । सुनसरी-मोरङ सिचाइँ आयोजनाको नहरमा डुवेर एकै घरका दिदीभाइको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका -३ बस्ने दिनेश खड्काकी ११ वर्षकी छोरी श्रृजना खड्का र उनका ७ वर्षीय भाइ अस्मिन खड्काको नहरमा डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार बिहान भाँडा माझ्ने क्रममा चिप्लिएर दिदीभाइ बेपता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वेपता दिदीभाइको शव अपरान्ह फेला परेको हो । दिदीभाइको शव खोज्न सशस्त्र प्रहरीले दुईवटा गोताखोर परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?