+
+

कोरियाबाट फर्केकालाई पुनः अवसर, उत्तीर्णको स्वास्थ्य परीक्षण ४ अस्पतालबाट

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते ७:४१
फाइल तस्वीर

२४ साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः भाषा परीक्षा सञ्चालन हुने भएको छ । साथै पछिल्लाे भाषा परीक्षामा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण भदौ ४ देखि हुने भएको छ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सीबीटी) सञ्चालन हुन लागेको हो ।

शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।

यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ ।

मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिए ।

गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?