Comments Add Comment

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगाण्डाको कम्पालामा हुने

युगान्डा / गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पाला शहरमा आगामी डिसेम्बर २९ – ३० तारिखमा हुने भएको छ ।

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार एनसीसी युगान्डाले बैठक भब्य रुपमा आयोजना गर्न तयारी थालेको छ ।

दुई दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम, नेपाली साहित्य गोष्ठी , र साास्कृतिक कार्यक्रम आयोजना हुने र दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण, अफ्रिकाको बाटोबाट हुने नेपाली मानव तस्करी, केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्वीकृती, पासपोर्ट नविकरण आदिको समस्या र सामुहिक लगानी, नेपाल र अफ़्रिकिन देशबीच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने जानकारी एनसीसी युगान्डाका पूर्व अध्यक्ष रमेश कंडेलले जानकारी दिए ।

आयोजक रास्ट्र युगान्डाका आइसीसी सदस्य जीवनाथ पंगेनीले युगान्डाका नेपालीहरु संसार भरका एनआरएन नेतृत्वलाई स्वागत गर्न तयार रहेको र बैठक भब्यरुपमा आयोजना गर्ने आफूहरु लागि परेको जानकारी दिए ।

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले नैरोबी, दार ए सलाममा आयोजीत प्रथम र दोश्रो बैठकका एजेन्डा र निर्णयमाथि समीक्षा गर्दै अफ्रिकामा रहेका नेपालीका समस्या र त्यसको न्यूनीकरण र नेपाल सरकारको थप उपस्थिति बारेमा छलफल हुने बताए ।

बैठकमा एनआरएनएका अन्तर्रास्ट्रिय अध्यक्ष भबन भट्ट लगायत पदाधिकारीहरु र विभिन्न देशबाट अतिथिहरु लगाएत अफ्रिकाका सबै एनसीसीबाट सहभागिताको अपेक्षा गरिएको छ ।

संघका युगान्डा अध्यक्ष भन्डारीका अनुसार उपाध्यक्ष बिनोद थापा, महासचिब रमेश शर्मा , सचिब गङ्गालाल खरेल र कोषाध्यक्ष मन्जुल पाठक लगायत एनसीसी सदस्य र पदाधिकारीहरु कार्यक्रमको तयारीमा जुटिेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment