बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

रियल मड्रिडले किन्यो गोल्डेन ग्लोब्स विजेता गोलकिपर

Suzuki
अनलाइनखबर

२४ साउन, काठमाडौं । रसिया विश्वकपका गोल्डेन ग्लोब्स विजेता गोलकिपर थिबउट कोर्टुवा इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड गएका छन् ।

विश्वकपमा उत्कृष्ट खेल देखाउका कोर्टुवाले बिहीबार रियल मड्रिडसँग ६ वर्षको सम्झौता गरेका हुन् ।

उनले रियल मडि्रडमा आउँदा आफ्नो सपना पूरा भएको बताएका छन् । ‘रियलमा आउँदा मेरो सपना पूरा भएको छ । चेल्सीसँगका हरेक समय मलाई याद हुनेछ । चेल्सी सधैँ मेरो मनमा रहने छ’ २६ वर्षका उनले भने ।

बेल्जियन क्लब जेन्कबाट २०११ मा चेल्सी आएका कोर्टुवा तुरुन्तै लोनमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा गएका थिए । उनी २०१४ मा पुनः चेल्सी फर्किएका थिए ।

कोर्टुवा मडि्रड जाने पक्का भएसँगै चेल्सीले स्पेनिस क्लब एथ्लेटिको बिल्बाओबाट गोलकिपर केपा एरिजाबालागालाई कीर्तिमानी रकममा ल्याइसकेको छ । चेल्सीले २३ वर्षका गोलकिपर केपालाई ७१ मिलियन पाउण्डमा ल्याएको हो ।

२०७५ साउन २४ गते १८:०९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this