Comments Add Comment

काठमाडौंकी उपमेयरको आक्रोश : अधिकार नदिए पद खारेज गरिदिनू


२४ साउन, काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिइएको भन्दै देशैभरिका उपप्रमुखहरुलाई समेटेर आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षतकारमा उनले अधिकार प्राप्तीका लागिथ आफ्नो नेतृत्वमा संघर्ष समिति बनाउने पनि बताइन् । ‘मलाईमात्रै होइन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाइएको छ । अब अधिकार प्राप्तिको लागि मेरो नेतृत्वमा संघर्ष समिति बनाउँछु ।’

उनले अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्न उत्तम हुने सुझाव दिइन् । ‘अहिले देशभैरि उपप्रमुख अधिकांश महिला साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि मैलेजस्तै अधिकार पाउनुभएको छैन । अधिकार नपाए यो पद नै खारेज गरे हुन्छ’ उपमेयर खड्गीले भनिन् ।

काठमाडौं महानगरपालिकामा आफूले एक रुपैयाँ पनि बजेट चलाउन नपाएको उनले गुनासो गरिन् । उपप्रमुख खड्गीले मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरु पुरिने समेत जिकिर गरिन् ।

उनले थपिन्, ‘मेयरले चाहने हो भने दशैंअघि नै काठमाडौंका खाल्डाखुल्डीहरु पुरिन्छन् । तर चाहनुपर्यो । म सँग त अधिकार छैन ।’ रानीपोखरी र धरहराको पूनर्निर्माणमा सम्पदा जोगाउनको लागि आफूले अडान लिएको पनि उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment