Comments Add Comment

नेपाल–म्यानमार व्यापार प्रवद्र्धन गर्ने सम्झौता

२४ साउन, काठमाडौं । म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र नेपाल चेम्बर अफ कमर्सबीच दुई–पक्षीय ब्यापार प्रबद्र्धन गर्ने बिषयमा छलफल भएको छ । चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–म्यानमार ब्यापारलाई थप प्रबद्र्धन गर्नुपर्ने बताए ।

कृषि, पर्यटन र जलबिद्दुतमा म्यानमारका नीजि व्यवसायीहरुको लगानीको लागि उनले अनुरोध गरे । लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्दै उनले भने, “म्यानमारका अधिकांश जनताले बुद्द धर्मलाई अनुशरण गर्ने र भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनी भएकोले धर्म र संस्कृतिको माध्यमबाट पनि दुई देशलाई जोड्न सकिने प्रशस्त आधारहरु छन् ।’

म्यानमारको व्यापारिक प्रतिनिधि मण्डलका प्रमुख यूको कोलाटले नेपाल गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट संसारमै चर्चित रहेकोले नेपालमा ब्यापार प्रबर्दन मात्र होइन, यहाँको बहु–आयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिन सक्ने कुरा बताए ।

सो कार्यक्रममा बाह्र जना म्यानमारका ब्यापारीहरु र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment