+
+

बच्चालाई जबरजस्ती खाना ख्वाउनुहुन्छ ? मोटोपनले गाँज्छ है

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १९:११

अक्सर आमाबुबालाई लाग्छ, ‘बच्चाले राम्ररी खाना खाइदिए हुन्थ्यो ।’ खाना खाएपछि शरीरमा आवश्यक पोषण पुग्छ । बच्चा निरोगी हुन्छ ।

तर, बच्चाले खान मन नगर्दा-नगर्दै पनि अभिभावक जबरजस्ती ख्वाइरहेका हुन्छन् । फकाएर हुन्छ कि, थर्काएर हुन्छ कि, जे गरेर हुन्छ, बच्चालाई खाना ख्वाउने गरिन्छ । बच्चालाई किन खानामा अरुची भयो ? पेट भरिएर पो हो कि ? कुनै विरामले पो हो कि ? त्यसबारे भन्ने बुझ्ने प्रयास गरिदैन । बरु बच्चालाई सकेसम्म धेरै खानेकुरा कोच्ने गरिन्छ ।

यसको साइड इफेक्ट के होला ? अभिभावकले सोच्नैपर्छ ।

किनभने अहिले धेरैजसो बच्चा मोटोपनको शिकार भइरहेका छन् । मोटोपनकै कारण उनीहरुलाई सानै उमेरमा मधुमेह जस्ता समस्याले गाँजिरहेको छ । त्यसकारण जबरजस्ती खानेकुरा कोच्नुअघि सोचौं, के गर्ने ?

हानिकारक ?

साना बच्चाहरुलाई खाना खुवाउन धेरै गाह्रो हुन्छ । उनीहरुलाई राम्रोसँग खाना खुवाउन धेरै फकाउन पर्छ । अझै धेरै जसो बच्चा त्यत्तिकै पनि खाना खान आनाकानी गर्छन् । यस्तोमा आमाबुबाले बच्चालाई जबरजस्ती खाना खुवाउँछन् ।

धेरै आमाबुबाले आफ्नो बच्चाले जति धेरै खाना खान्छन् उनीहरु त्यति नै स्वस्थ हुन्छन् भन्ने सोच्छन् । तर, बच्चालाई जबरजस्ती खाना खुवाउनु उनीहरुको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ ।

धेरैजसो बच्चामा हुने मोटोपनाको कारण आमाबुबाले सुरु सुरुमा धेरै खानको लागि गर्ने जिद्दी रहेको पाइएको छ ।

जबजस्ती खाना खुवाउनाले बच्चालाई कसरी प्रभावित गर्छ त ? आउनुहोस जानीराखौंः

बच्चा हुन्छन् मोटोपनाको शिकार

बच्चालाई रुची नभए पनि प्लेटमा बचेका खाना सबै एकएक गरेर खानको लागि जोड गरिन्छ भने उनीहरु आफ्नो शरीरको संकेतहरुलाई सम्भिन बन्दा गर्छन् र त्यतिखेरसम्म खान्छन जतिबेर सम्म आफ्नो आमाबुबा खुसी हुँदैनन् ।

आवश्यक भन्दा धेरै खाना खाएपछि ती खानाबाट पाइने क्यालोरी शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । जसले बच्चा मोटोपनाको शिकार हुन्छन् । यसैले बच्चालाई सँधै त्यति मात्रै खाना खुवाउनुहोस् जति उनीहरुले मन गरेर खान्छन वा उनीहरुको शरीरलाई आवश्यक पर्छ ।

बच्चालाई पोषण मिल्दैन

आमाबुबाद्धारा जबरजस्ती खाना खुवाउने जिद्दीले बच्चालाई मोटोपनाको शिकार बनाउँछ । वास्तवमा खाना खानको लागि पनि शरीरको आफ्नै विज्ञान छ ।

खानालाई राम्रोसँग पचाउन र त्यसबाट धेरै भन्दा धेरै पोषण प्राप्त गर्नको लागि खाएका खाना पुरै मनलगाएर र खुशीले खानु जरुरी छ । यस्तोमा जब बच्चालाई जबजस्ती खाना खुवाइन्छ तब उनीहरुको शरीरलाई न त उक्त खानाबाट पोषण मिल्छ र न त खाना पुरै तरिकाले पच्न पाउँछ ।

खाना पचाउनको लागि जुन रसायनहरुको आवश्यकता छ त्यो पूर्ण रुपमा मनलगाएर र रस लिएर खाइएको खानाबाट नै बन्छ ।

कमजोरी र सुस्तपनाको समस्या

आवश्यकता भन्दा धेरै खाना खुवाउनाले शरीरमा एक किसिमको न्यूरोबायोलोजिकल असन्तुलन हुन्छ । एक पटक यसको स्तर शरीरमा घटेमा बच्चालाई कमजोरी महसुस हुन्छ र उनीहरु दिनभर थाकेको जस्तो देखिन्छन् ।

यस्तोमा जब बच्चा मोटोपनाको शिकार हुन्छन् तब शरीरमा इनर्जी बढाइराख्नको लासि उनीहरुले सँधै केही न केही खाइराख्नुपर्ने हुन्छ । हुन त बारम्बार खाना खानुपर्ने मानिस आफ्नो यो बानीबाट ग्लानी महसुस गर्छन् । तर, अवस्था नै यस्तो बन्छ कि उनीहरु चाहेर पनि केही गर्न सक्दैनन् ।

कोलेस्टेरोल र मुटुको रोग

आवश्यकता भन्दा धेरै खाना खुवाउनाले बच्चाको शरीरमा कोलेस्टेरोलको स्तर बढ्छ । जसले मुटु र मस्तिस्क दुवैलाई प्रभावित बनाउँछ । कोलेस्टेरोलको स्तर बढ्नाले मुटुको कैयौं गम्भिर रोगहरु जस्तो हर्टअट्याक, स्ट्रोक आदीको खतरा बढ्छ ।

त्यसैले बच्चालाई जबजस्ती खाना नखुवाउनुहोस् । यदि बच्चाले बारम्बार खाना खान आनाकानी गर्छन् भने बरु उनीहरुले मनपराउने केही स्वस्थ खानाहरु खुवाउनुहोस् तर जबर्जस्ती नगर्नुहोस् ।

फाइबरयुक्त स्वस्थ खानाहरु खुवाउनुहोस्

यदि बच्चाले खाना खान आनाकानी गरिरहेका छ भने उसलाई केही यस्ता खानेकुराहरु खुवाउनुहोस् जसले उसको शरीरलाई पोषण मिल्छ र उनीहरु सजिलैसँग खान पनि सक्छन् । जस्तै ड्राई फ्रुट्स, दूध, भेजिटेबल सुप आदि ।

यी खानाहरुमा फाइबरको मात्रा धेरै हुन्छ र यसको सेवनले धेरै बेरसम्म भोक लाग्दैन । यसले धेरै बेरसम्म शरीरको लागि जरुरी सबै पोषक तत्व पनि मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?