बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिकाहरु प्राय:  रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् ।

सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो ठाउँबाट हामफाल्ने जस्ता क्रियाकलाप गर्न पुग्छन् । जसलाई मेडिकल भाषामा यसलाई ट्यान्ट्रोम पनि भनिन्छ । तर यो सामान्य नै हो ।

बालबालिकाले यसरी नै आफ्नो कुरा राख्न र व्यवहार गर्न सिकेका हुन्छन् । तर उमेर बढ्दै जाँदा पनि यस्तै व्यवहार जस्तै झनक्क रिसाउने, चित्त नबुझे जसलाई पिटिहाल्ने छ भने यसलाई अस्वस्थ व्यवहार भनिन्छ । यी लक्षण सामान्य नभई मानसिक रोगको कारणले पनि हुन सक्छ ।

डा. विजय ज्ञवाली, मनोचिकित्सक

उमेर बढ्दै जाँदा पनि किन रिसाइरहन्छन् बालबालिका ?

बालबालिका धेरै कारणले रिसाउने गर्छन् । त्यसमा मानसिक स्वास्थ्य पनि एक कारण हो । एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) कारणले पनि बालबालिका रिसाउने गर्छन् । यसका लक्षणहरूमा ध्यानकेन्द्रित गर्न नसक्ने, आवगेमा आउने, छिट्टै निर्णय लिने, कुरा दोहोर्‍याइरहने हुन्छ ।

सेपेरेसन एन्जाइटीका कारण पनि बालबालिका रिसाउँछन् । जस्तै, स्कुलबाट घर फर्किने बेलामा रिसाउने, झर्किने, चिट्चिट हुने यसको लक्षण हो । आफ्ना आमाबुबासँग बिहान छुटेका उनीहरु स्कुल छुट्टी भएपछि भेट्न पाउने भएकाले उत्साहित हुन्छन् । त्यो उत्साह व्यक्त गर्न नजानेर उनीहरु रिसाउने, झर्किने गर्छन् ।

पारिवारिक कलह, झैझगडा, आफ्नो इच्छा पूरा नहुँदा र स्कुलमा भएको बुलिङका कारण पनि उनीहरु आफ्नो भावना प्रष्टसँग बुझाउन नसक्दा रिसाउँछन् ।

बालबालिकालाई फकाउने तरिका के त ?

प्राय: बालबालिकामा स-साना कुरामा पनि रिसाउने, मन दुखाउने बानी हुन्छ । यस्तो बेलामा उनीहरुलाई गाली गर्ने, कुट्ने र हपार्ने गर्नुहुँदैन । यसले उनीहरूमा मानसिक रुपमा नराम्रो असर पार्न सक्छ । बरु धेरै रिसाउँछन् भने उनीहरूको भावना बुझ्ने प्रयास गर्नुपर्छ ।

प्यारेन्ट म्यानेजमेन्ट टेक्निक (पीएमटी) लागू गरेर बालबालिकालाई फकाउन सकिन्छ ।

सुरुमा उनीहरुलाई भावना प्रस्तुत गर्ने तरिका सिकाउने गर्नुपर्छ । रिस उठ्दा के कुरामा रिस उठेको हो लेखेर भन, रिस उठ्दा रातो कार्ड देखाउने, दुवै हात बाँधेर बस्ने नियम तयार पार्न सकिन्छ ।

कुनै चीज मन पर्दैन भने रिस नदेखाइकन, लामो श्वास फेर्ने, आँखा चिम्म गर्ने, गीत गाउने गराउन सकिन्छ । जसले उनीहरुको रिस कम हुन मद्दत गर्छ ।

उनीहरुलाई फकाउने भाषामा परिवर्तन ल्याउन सकिन्छ । जस्तै, रिसाएको छ भने किन रिसाएको, होमवर्क गर्‍यो कि गरेन ?, स्कुल जाने बेला भएन ? यसरी सोध्दा उनीहरु झन् रिसाउन सक्छन् । यसको साटो फरक किसिमको भाषाशैली प्रयोग गर्ने जस्तै बालबालिकालाई ‘आज म रिसाउँछु तिमी मलाई फकाउन ल’ भन्न सकिन्छ । यसले रिसाउँदा यसरी फकाउने रहेछ भनेर सिक्छ । रिस पनि कम हुन्छ ।

त्यस्तै घरभित्र वा घरबाहिर खेल्न, घुमाउन लैजान सकिन्छ । जस्तै, बालुवामा खेल्न लगाउने, फुटबल खेल्ने, दौडाउने इत्यादि गराउन सकिन्छ । जसले उनीहरुको रिसाउने इनर्जी ‘रिलिज’ गर्न मद्दत गर्छ ।

बालबालिका रिस
लेखक
डा. विजय ज्ञवाली, मनोचिकित्सक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?