+
+
Shares

अढाइ महिनादेखि पारिश्रमिक नपाएको वीरेन्द्र सैनिक अस्पतालका इन्टर्न चिकित्सकको गुनासो

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८० असोज १७ गते १६:२६

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले आफूहरुलाई अढाइ महिनादेखि पारिश्रमिक नदिएको इन्टर्न चिकित्सकले गुनासो गरेका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गतको उक्त अस्पतालले इन्टर्न चिकित्सकलाई पारिश्रमिक दिनमा ढिलाइ गरेको यो पहिलोपटक नभएको उनीहरु बताउँछन् ।

‘अस्पतालले धेरै पटक समयमा पारिश्रमिक दिएको छैन । अस्पताल प्रशासनलाई कारण सोध्दा कारण पनि बताउँदैनन्’ एक इन्टर्न चिकित्सक भन्छन्, ‘त्रिवि शिक्षण अस्पताललगायत केही सरकारी अस्पतालमा इन्टर्न चिकित्सकको तलब २१ हजार रुपैयाँ छ । तर वीरेन्द्र सैनिक अस्पताल सरकारी भएर पनि १६ हजार ५०० रुपैयाँ मात्र दिइरहेको छ । त्यो पनि समयमा दिएको छैन ।’

अस्पतालकै अर्का इन्टर्न चिकित्सक भन्छन्, ‘साढे दुई महिनासम्म तलब नदिंदा धेरै अफ्ठेरो परेको छ । अस्पतालले समयमा तलब नदिएको यो पहिलो पटक होइन धेरै पटक भइसक्यो ।’ अस्पतालमा कार्यरत करिब १०० जना इन्टर्न चिकित्सकले तलब नपाएको उनीहरु बताउँछन् ।

इन्टर्न चिकित्सकको पारिश्रमिक ढिलाइ हुनुको कारण चिकित्सकहरूको हाजिर समयमा नआइपुग्नु भएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लेखा अधिकृत दीपेश तिमल्सिना दाबी गर्छन् । ‘साउनको तलब हामीले हालिसक्यौं भदौको मात्र बाँकी हो ।’

तर इन्टर्न चिकित्सकले भने साढे दुई महिनादेखि तलब नपाएको बताएका छन् । सबै इन्टर्न चिकित्सकले समयमा हाजिर नबुझाएकाले तलब वितरणमा ढिलाइ भएको तिमिल्सिनाको भनाइ छ । अन्य सरकारी अस्पतालको तुलनामा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका इन्टर्न चिकित्सकको तलब थोरै हुनुको कारणबारे तिमिल्सिना भन्छन्, ‘यो कल्याणकारी बोर्डको निर्णय हो ।’

इन्टर्न चिकित्सकले पारिश्रमिक नपाएको अवस्था नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगमा निवेदन दिन सकिने काउन्सिलका सदस्य डा. कालुसिंह खत्री बताउँछन् । ‘स्वास्थ्य क्षेत्रको कारबाही, सजाय र सचेत गराउनुपर्ने अवस्थामा सूचनाको आधारमा नै मेडिकल काउन्सिलले प्रतिक्रिया दिने हो’ उनी भन्छन्, ‘१०० जनाले हामीले तलब पाएका छैनौ भनेर उजुरी दिएको खण्डमा सम्बन्धित निकायले सहयोग  गर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?