बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

पूर्णचन्द्रले ग्रहण गरे प्रधानसेनापतिको कार्यभार

Suzuki
अनलाइनखबर

२४ साउन, काठमाडौं । बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापतिको कार्यभार ग्रहण गरेका छन् ।

महारथी राजेन्द्र क्षत्रीले बिहीबार एक समारोहका बीच थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

पुरानै प्रचलन अनुसार महारथी क्षेत्री अवकाश प्राप्त हुनुभन्दा एक महिना अगावै थापालाई कार्यभार हस्तान्तरण गरेर विदामा बसेका छन् । करिब ४० वर्षसम्म सेवामा खटिएका क्षत्री आगामी भदौ २४ गते अवकार प्राप्त हुनेछन् ।

बलाधिकृत रथी थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम यही साउन २५ गते (शुक्रबार)बाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

२०७५ साउन २४ गते १९:०५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • साकार लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ८:०९

    यो सेनालाई मागे बमोजिमको रकम जति मागे पनि दिने तर कहिले छानबिन, सोध-खोज गर्न पर्दैन???त्यहाँ पनि खाएका होलान नि ठुलाबडाले पुलिसमा जस्तै |

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this