Comments Add Comment

७० वर्षीय वृद्ध, जो ११ वटा स्मार्टफोन बोकेर पोकेमन खोज्दै हिँड्छन्

काठमाडौं । एक वृद्ध ताइवानीले ‘पोकेमन गो’ खेलमा सयौं डिजिटल मोन्स्टरहरुलाई समाउन आफ्नो साइकलमा ११ वटा स्मार्टफोन जोडेका छन् ।

७० वर्षीय चेन सान-युआनले उनको ११ वटा मोबाइल फोन र साइकलको बास्केटमा राखिएका ९ वटा पावर बैंकको चार्ज नसकिउन्जेलसम्म घन्टौं लगातार ‘पोकेमन गो’ खेल्न सक्छन् ।

उनी ताइवानको सडक र गल्लीहरुमा पोकेमन खोज्दै हिँड्छन् । उनी आफ्नो शिकारलाई औंला चलाएर डिजिटल पोकेबलले हानेर भर्चुअल पोकेमन समाउँदै हिँड्छन् ।

फेङ सुइ मास्टरले महिनामा ११६५ अमेरिकी डलर ‘पोकेमन गो’का विभिन्न एपहरु किन्न र ‘पोकेमन गो’ खेल्नको लागि आवश्यक उपकरणहरु किन्न खर्चिने गरेका छन् ।

उनको सबैभन्दा मनपर्ने ठाँउ एक पार्क हो, जहाँ उनी सातामा पाँच वा छ पटकसम्म पुग्ने गर्छन् । कुनै स्थानीयले उनको ११ वटा मोबाइल फोन जडित साइकलसहित एक तस्वीर खिचेर रेडइटमा राखिदिएपछि उनी अनलाइनमा धेरै चर्चित भए ।

त्यसपछि उनलाई ‘अंकल पोकेमन’ उपनाम दिइयो तर, उनलाई आफ्नो फ्यान फलोइङको बारेमा भने थाहा थिएन् ।

जब ताइवानी टिभी इएक्सपिडटजीजीले उनलाई टेलिभिजनमा देखायो, त्यसपछि मात्रै उनले आफ्ना प्रशंसकहरुको बारेमा थाहा पाए ।

उनका अनुसार पोकेमन गो खेल्नाले उनलाई अल्जाइमरको रोगसँग लड्न र आफ्नो उमेरका अन्य खेलाडीसँग जोडिन सहयोग गरेको छ ।

चेनले सन् २०१६ बाट पोकेमन गो खेल्न थालेका हुन् र सुरुमा उनका नातीले उनलाई कसरी खेल्ने भनेर सिकाइदिएका थिए ।

चेन आजकाल यति धेरै खेल्छन् कि उनी लेभल ३० भन्दा माथिको एकाउन्टलाई मात्रै आफ्नो साइकलमा राख्छन् । उनी छिट्टै नै आफ्नो साइकलमा पोकेमन खेल्नको लागि १५ वटा मोबाइल अट्ने गरि डिजाइन गर्ने सोचमा छन् ।

डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment