Comments Add Comment

छापामा आजः मुख्यमन्त्री छक्याउँदै प्रदेश सचिव साटफेर

नेपाल–भारत सीमाका ५ सय सीमा स्तम्भ गायब

२५ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले मुख्यमन्त्री छक्याउँदै प्रदेश सचिव साटफेर गरेकोदेखि पाँच सय सीमा स्तम्भ गायब भएको, आयल निगम जग्गा खरिद प्रकरण फेरि संसदमा पुगेकोसम्मका खबरलाई प्रमुखताका साथ छापेका छन् ।

त्यसैगरी, गत वर्ष ५ हजार कर्मचारी विदेश गएको, बलात्कार पीडित महिलाले अदालतबाट न्याय नपाएको, १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेको, सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर भएकोलगायत समाचारले पनि अखबारहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

कान्तिपुरले प्रदेशका प्रमुख सचिव साटफेर भएको विषयवस्तुमाथि मुख्य समाचार लेखेको छ । बुधबार मन्त्रिपरिषद् बैठकले गरेको सचिवहरुको जिम्मेवारी हेरफेरसँग जोड्दै कान्तिपुरले प्रदेश सरकारहरु संविधानतः स्वायत्त भए पनि उनीहरु त्यसअनुरुप अघि बढ्न नसकेको उल्लेख गरेको छ ।

प्रदेश १ सरकारले दिएको बिदा त्यहाँको प्रशासनले नमानेको, ७ हजार विद्यालय शौचालय शून्य रहेको, सरकारले मंगलबार र बुधबार संसदमा दर्ता गराएका दुई विधेयक एकआपसमा बाझिएकोलगायत समाचारलाई पनि कान्तिपुरले आज पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।

अन्नपूर्णमा नेपाल–भारत सीमाका करिब ५ सय सीमा स्तम्भ गायब भएको खबर छ । नापी विभागले ४ वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा अध्ययनमा यस्तो पाइएको हो । समाचार अनुसार नेपालको १२ सय हेक्टर भूभाग भारततिर गएको अनुमान छ ।

१ वर्षमा ५ हजार कर्मचारी विदेश शयरमा गएको अर्को खबर पनि अन्नपूर्णमा छ । यी कर्मचारी विदेश जाँदा राज्यकोषको २ अर्ब खर्च भएको समाचारमा उल्लेख छ ।

सिक्टा सिँचाइ आयोजनाका ठेकेदार जोगाउन चलखेल भएकोलाई मुख्य समाचार बनाएको नागरिकले आयल निगम जग्गा खरिद प्रकरण फेरि संसदमा पुगेको लेखेको छ ।

नयाँ पत्रिकाले ‘महिलालाई अदालतः आस न भरोसा’ शीर्षक दिएर बलात्कार पीडित महिलाले न्याय पाउन नसकेको विषय उठाएको छ ।

त्यसैगरी गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार कर्मचारी नै गरिबको सूचीमा परेकोलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ लेखेको छ ।

नेकपा समर्थित जनप्रतिनिधिले पार्टीमा कार्यकारी पद नपाउने खबर गोरखापत्रमा छ भने राजधानीले नेकपाको तल्ला कमिटीको एकता प्रभावित भएको लेखेकाे छ ।

हेर्नुहोस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment