+
+
Shares

मालीमा जातीय हिंसा, ११ को ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते ७:४८


२५ साउन, काठमाडौं । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् ।

स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ ।

मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । ‘उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्,’ फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले एएफपीसँग भनेका छन्, ‘तर आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ ।’

फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालीमा द्वन्द्व भइरहेको छ ।

एजेन्सी

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?